logo

कोरोना भाइरसको संक्रमणका कारण पर्सामा एकै दिन तीन जनाको मृत्यु

      4/26/2021 गते 00 00 मा प्रकाशित     565   पटक पढिएको

पर्सामा कोरोना भाइरसको संक्रमणका कारण बैशाख १३ गते तीन जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ३८ बर्षीया महिलाको १३ गते  साँझ पौने पाँचबजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो । नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा ति महिलाको मृत्यु भएको हो ।  

श्रीवास्तवका अनुसार १३ गते बिहान  सवा १२ बजे नारायणी बयोधा अस्पतालमा भर्ना गराएकी ती महिलाको साँझ पौने पाँच बजे मृत्यु भएको हो ।

 

उनको बैशाख १० गते स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै १३ गते  साँझ ६ बजे नारायणी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

 

पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ का ४५ बर्षीया महिलाको १ञ्३ गते  साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । आईतबार नारायणी अस्पतालमा भर्ना गरिएको उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

 

 यसअघि सोही दिन बिहान मात्रै नारायणी अस्पतालमा एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का ६० बर्षीय पुरुषको मृत्यु भएको थियो । यो सहित पर्सामा सोमबार एकै दिन तीनजनाको मृत्यु भएको छ । 

कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । वीरगन्जको नारायणी अस्पतालमा १० जना, नारायणी बयोधा अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक १४ जना मध्ये पर्साका ११ जना, बाराका २ र सर्लाहीका १ जना हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.