logo

महानगका तीन वडा  पूर्ण खोपयुक्त वडा घोषणा ,प्रमुख सरावगीद्वारा स्वास्थ्य चौकीकोे उद्वघाटन 

      6/28/2021 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले वडाहरुलाई पूर्ण खोप घोषणा सहित गर्भवती महिलाहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ ।

 

महानगरपालिकाले आज वडा नम्बर १०, ११ र १६ लाई पूर्ण खोपयुक्त वडा घोषणा गर्नुको साथै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरणको समेत सुरुवात गरेको महानगरपालिकाका सामाजिक तथा स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महतोले जानकारी दिनुभयो ।

 

महानगर क्षेत्रका चार हजार गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम अनुसार आज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १० का पाँचजना गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरेर शुभारम्भ गर्नुभएको हो ।

 

महानगर प्रमुख सरावगीले गर्भवती र प्रसुती महिलाहरुलाई अंण्डा, खाने तेल र नुन वितरण गर्नुभएको हो । त्यस्तै नगर प्रमुख विजय कुमार सरावगीले नम्बर १० मा निर्माण सम्म्पन्न भएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्वघाटन गर्नु भएको छ ।

 

करिब ४८ लाखको लागतमा निर्मित स्वास्थ्य चौकी भवनको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गर्नुभएको हो । वडा अध्यक्ष रामनगिना साह कानुको अध्यक्षतामा कार्यक्रम भएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.