logo

मधेशी दलपनि चुनावमा सहभागी हुन्छन ः सभासद आलम 

      3/18/2017 गते 00 00 मा प्रकाशित     1736   पटक पढिएको

जीतपुर ५ चैत्र
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १० को नेकपा एमालेको वडा अधिवेशन नितनपुरमा संपन्न भएको छ । कार्यक्रममा नेकपा एमाले बारका  अध्यक्ष सुन्दर विश्वकर्माले  एमाले अबको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरे । अध्यक्ष विश्वकर्माले सरकारमा रहेका दलहरुको भूमिका प्रतिपक्ष को जस्तो भएकोले देश दुर्घटना तीर उन्मुख भएको भन्दै चिन्ता ब्यक्त गरे । बारा ४ का सभासद नेजमा आलमले मधेशवादी दलहरुले एमाले प्रति गरिरहेको निषेधको राजनीतीले लामो आंदोलनबाट  प्राप्त लोकतन्त्र माथिनै आँच आएको भन्दै दुःख ब्यक्त गरिन । लोकतन्त्रमा सबैले जनमतको कदर गर्नु पर्ने र नयाँ जनमत प्राप्तिको लागी सबै दलहरु मिलेर तिनै तह को निर्वाचन मा सहभागी हुनु पर्ने उनको आग्ह थियो । बाहिर चुनावमा सहभागी हुँदैनौ भन्दै आएको मधेशवादी दलहरुले पनि स्थानीय स्तरमा उम्मेदवारहरुको छनौट प्रक्रिया थालिसकेकोले मधेशवादी दलहरुपनि स्थानीय निर्वाचन मा सहभागी हुने पक्का भएको उनको दावी थियो । जग्गू महतो को अध्यक्षतामा संपन्न भएको कार्यक्रममा देवनारायण चौधरी, रफीक हवारी, ईश्वर ढकाल, तारा कार्की, भूदेव चौधरी, रामछेत्री पटेल, संजय पटेल, ई. मोबिन आलम, जगिंदर महतो लगायत  ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । आजै सम्पन्न बन्द सत्रले जग्गु महताकोे अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीको  उपाध्यक्षमा टैट महतो, सचिवमा बिजय मल्ल , सह सचिवमा जंग बहादुर शाह, सदस्यमा लक्ष्मी महतो, जयनारायण महतो लगायतलाई चयन गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.