बीरगंज ७ जेठ ।नयाँ शक्ति पार्टीको पर्सा जिल्ला कमिटीले ७ सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलले जिल्लाको स्थानीय तहकोनिर्वाचनकोलागि उम्मेदवारहरुको सिफरिश गर्ने छ । पार्टीका पर्सा संयोजक बलिराम साहको अध्यक्षतामा बसेको बैठकले कार्यदल निर्माण गरेको प्रचार समितिका संयोजक तवरेज अहमदे जानकारी दिए । बैठकमा पर्सा जिल्लामा पार्टीको अवस्था राजनीतिक शक्ति संन्तुलन र सांगठानिक कामको बारेमा छलफल भएको थियो । कार्यदलमा पार्टीका संयोजक बलिराम साहले संयोजकको भूमिका निर्वाह गर्ने छन । सदस्यहरुमा तवरेज अहमद ,योगेन्द्र साह,मुकेश दिवेदी,राजदेव पासवान,सुवोध पाण्डे लगायतका रहेका छन । बैठकले संगठनको हित बिपरित काम गरेको भन्दै मुरली मनोहर मुतरिकालाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गर्ने निर्णय गरेको छ । बैठकले तवरेज अहमदको संयोजकत्वमा प्रचार तथा घोषणा मस्यौदा समिति फैयाज अहमदको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र राजदेव पासवानको अध्यक्षतामा आर्थिक परिचालन समिति निर्माण गरेको छ । बैठकमा पार्टीका प्रदेश नं २ का इन्चार्ज महेन्द्र पासवानको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया