logo

बर्दियाका छ स्थानीय तहमा प्रमुख दलबाट उम्मेदवार टुङ्गो (नामावली सहित)

      5/26/2017 गते 00 00 मा प्रकाशित     1455   पटक पढिएको


बर्दिया, १२ जेठ । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।


छ नगरपालिका र दुई गाउँपालिका गरी आठ स्थानीय तह रहेको बर्दियामा नेपाली कांँग्रेसले दुई नगरपालिकाबाहेक सबैमा उम्मेदवार छनोट गरेको जिल्ला सभापति सञ्जय गौतमले जानकारी दिनुभयो । दुई वटामा यही जेठ १४ गतेसम्म टुङ्गो लाग्ने बताइएको छ । यसैगरी नेकपा ९एमाले०ले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष र सदस्य गरी सबै उम्मेदवार टुङ्गो लगाएको एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयो ।


यसैगरी नेकपा९माओवादी केन्द्र०ले लामो समयको छलफलपछि राजापुर नगरपालिकाबाहेक अरु सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।


त्यस्तै राप्रपाले सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपा बर्दियाका प्रवक्ता सुशीलकुमार लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आफ्ना उम्मेद्वारको नामावली प्रकाशन गरिएको हो ।

उम्मेदवारको नामावली

काँग्रेस
गुलरिया नगरपालिका प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सुशीला गिरी, बाँसगढी नगरपालिका प्रमुखमा गङ्गाधर पौडेल र उपप्रमुखमा रत्ना थारु, बारबर्दिया नगरपालिका प्रमुखमा पर्शुराम थारु र उपप्रमुखमा कोपिला गिरी, राजापुर नगरपालिका प्रमुखमा दीपकजङ्ग शाह र उपप्रमुखमा तारा चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा जवानसिं केसी र उपाध्यक्षमा हेमा थारु, बढैया गाउँपालिका अध्यक्षमा मानबहादुर बुढा र उपाध्यक्षमा भगनदैया थारु ।

एमाले
गुलरिया नगरपालिका प्रमुखमा हरि ज्ञवाली र उपप्रमुखमा टीका सम्सेली मगर, बाँसगढी नगरपालिका प्रमुखमा शालिकराम अधिकारी र उपप्रमुखमा सुष्मा चौधरी, ठाकुरबाबा नगरपालिका प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराई, मधुवन नगरपालिका प्रमुखमा दुर्गाबहादुर वली र उपप्रमुखमा हिरा चौधरी, बारबर्दिया नगरपालिका प्रमुखमा रामबहादुर चौधरी र उपप्रमुखमा पुष्पा वली, राजापुर नगरपालिका प्रमुखमा पहाडी थारु र उपप्रमुखमा कृष्णी चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा नुतनकुमार चौधरी र उपाध्यक्षमा मञ्जु शर्मा, बढैया गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा गौतम ।

माओवादी केन्द्र
गुलरिया नगरपालिका प्रमुखमा गेहेन्द्र ढकाल र उपप्रमुखमा मिथिला फुयाँल, बाँसगढी नगरपालिका प्रमुखमा बिनाराम थारु र उपप्रमुखमा भूमि विक, ठाकुरबाबा नगरपालिका प्रमुखमा नेत्रराज आचार्य र उपप्रमुखमा कृष्ण कुष्माथारु, मधुवन नगरपालिका प्रमुखमा गणेश केसी र उपप्रमुखमा सुगरानी थारु, बारबर्दिया नगरपालिका प्रमुखमा दुर्गाबहादुर थारु र उपप्रमुखमा अञ्जु दहित, गेरुवा गाउँपालिका अध्यक्षमा बेहगराज चौधरी, र उपाध्यक्षमा लीला थारु, बढैया गाउँपालिका अध्यक्षमा लल्लुराम थारु र उपाध्यक्षमा राधा आचार्य ।

राप्रपा
गुलरिया नगरपालिका प्रमुखमा मनोजकुमार बर्मा, मधुवन नगरपालिका प्रमुखमा नरेशजङ्ग शाह र उपप्रमुखमा शारता सिंह, राजापुर नगरपालिका प्रमुखमा जीवराज रेग्मी र उपप्रमुखमा रामकली थारु, ठाकुरबाबा नगरपालिका प्रमुखमा श्रीराम थारु र उपप्रमुखमा अमृता खड्का, बारबर्दिया नगरपालिका प्रमुखमा हरिश्चन्द्र शाह र उपप्रमुखमा उपप्रमुखमा जयन्ती विष्ट, बाँसगढी नगरपालिका प्रमुखमा रामचरण चौधरी र उपप्रमुखमा धनादेवी थापा, गेरुवा गाउँपालिका अध्यक्षमा टेकलाल थारु र उपाध्यक्षमा सरस्वती चौधरी, बढैयाताल गाँउपालिका अध्यक्षमा कलबहादुर हमाल र उपप्रमुखमा सीता पौडेल ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.