logo

प्रमुख-उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक

      5/26/2017 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

झापा, १२ जेठ । नेकपा९माओवादी केन्द्र०ले बिर्तामोड नगरपालिकाका प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।


बिर्तामोडमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार रहने जानकारी दिनुभयो । सो अवसरमा नगरपालिकालाई आत्मनिर्भर बनाउन समाजवादी अर्थतन्त्रको नीतिअनुरुपका क्रियाकलाप अपनाइने प्रमुखका प्रत्यासी कडरियाले बताउनुभयो । उपप्रमुखकी उम्मेदवार न्यौपानेले आफूलाई उपप्रमुखमा विजय गराए समृद्ध बिर्तामोडको परिकल्पनालाई मूर्तरुप दिन पहल गर्नेछु भन्नुभयो ।


माओवादी केन्द्रले नगरका दश वटा वडाका अध्यक्ष र सदस्यको पनि टुङ्गो लगाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं प्रदेशका संयोजक सावित्रीकुमार काफ्ले, पार्टीका झापा इन्चार्ज झलकसिंह दर्लामीलगायतले उम्मेदवारलाई विजयका लागि शुभकामना दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.