logo

सोह्र हजार मतले एमालेका शाक्य अगाडि

      5/25/2017 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा ९एमाले०का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।


बत्तीस वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीले ३८ हजार ७३८ मत प्राप्त गर्नुभएको छ ।


विवेकशीलका रञ्जु दर्शनाले २० हजार १९५ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १५ हजार ६८९ र नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार सर्वोत्तम डङ्गोलले छ हजार ३९८ प्राप्त गर्नुभएको छ ।


त्यसैगरी, उपप्रमुख पदका लागि काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले अग्रता कायम गरिरहनुभएको छ । उहाँले हालसम्ममा ५० हजार ३८५, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार ८२९, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५६३, साझा पार्टीका निरुपमा यादवले नौ हजार ९७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।


एक लाख ७२ हजार ६८३ मत खसेकोमा हालसम्म एकलाख ६७ हजार १४१ मत गणना भइसकेको छ । अहिलेसम्म १४ वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेको छ । अहिलेसम्म २५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.