logo

मतदानमा उल्लेख्य सहभागिता शिर्ष नेताहरुले भोट हाले

      5/14/2017 गते 00 00 मा प्रकाशित     1617   पटक पढिएको

काठमाण्डौ । स्थानीय निकायको पहिलो तहको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान साढे १० बजे सम्म ४२ प्रतिशत मतदान भएको छ ।

तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८१ स्थानीय मतदान भइरहेको छ । मतदान शान्तिपूर्ण रुपमा भइरहेको आयोगले जनाएको छ । देश संघीय संरचनामा गएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको अन्तर्गत ३४ जिल्लामा मतदान भइरहेको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा छ हजार ६४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गरिरहेका छन् ।

मतदान साँझ ५ बजेसम्म हुनेछ । निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा भएको हो । निर्वाचन चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि हुँदैछ । निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्। एमाले महासचिव पोखरेलले टोखा नगरपालिका वडा नं। ६ स्थित स्काईलार्क स्कूलमा रहेको मतदान केन्द्रमा विहान मतदान गरे । सचिव भट्टराईले कामनपा २९ डिल्लीबजार कन्या क्याम्पस केन्द्रमा बिहान ८।१५ बजे मतदान गरे।

उनले मत हालेपछि फेसबुकमा लेखेका छन्, ‘मेरो जीवनको नौलो तर रोमान्चक अनुभव।’राप्रपाका अध्यक्ष कमल थापाले हेटौडाबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ब्यास नगरपालिकाबाट नयाँ शक्ति पार्टीका अध्यक्ष पूर्व प्रधानमंत्री डा.बाबुराम भट्टराईले गोर्खाबाट मतदान गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.