logo

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

      5/27/2017 गते 00 00 मा प्रकाशित     1527   पटक पढिएको

पर्सा, १३ जेठ । स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।


राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन् । गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले प्रजिअ केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ १३ गतेदेखि मुसलमान समुदायको एकमहिने रमजान व्रत सुरु हुने र व्रतका क्रममा निर्वाचनका गतिविधिमा आफ्नो समुदाय सहभागी हुन नसक्ने भएकाले जेठ ३१ गते हुने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति अगाडि सार्न आग्रह गरिएको छ ।


ज्ञापनपत्रमा आउँदो असार ११, १२ र १३ गते मुसलमान समुदायको इद उलफित्र ९इद पर्व०परेको र सोही मितिमा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले उच्चमाध्यमिक विद्यालय कक्षा ११ को परीक्षा राखेकाले इद मनाउनबाट समुदायका बालबालिका वञ्चित हुने भएकाले परीक्षाको मितिसमेत इदपछि राख्न अनुरोध गरिएको छ ।


मुसलमान नागरिक समाज पर्साले समेत ज्ञापनपत्र बुझाउँदै स्थानीय तह निर्वाचनको मिति तथा कक्षा ११ को परीक्षालाई इदपछिको मितिमा सार्न आग्रह गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.