logo

मौन अवधिमा सामाजिक सञ्जाल: सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

      5/12/2017 गते 00 00 मा प्रकाशित     1561   पटक पढिएको

काठमाडौँ, २९ वैशाख । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने र” सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि तत्कालै क्रिया प्रतिक्रिया सुरु भयो । निर्वाचन, लोकतन्त्र, पार्टी, नेता र जनताका सपनादेखि विगतमा कुन दलले कस्तो काम गरे भन्नेबारे मत अभिमतको सवाल जवाफ अहिले सामाजिक सञ्जालमा यो वा त्यो रुपमा चलिरहेको छ ।


युवा उम्मेदवार भएका कारण पनि विवेकशील नेपालका दर्शनालाई सामाजिक सञ्जालमा पछ्याउने धेरै छन् । मौन अवधि सुरु भएपछि चलाइएको बहसमा ठूला दल र तिनका नेताका कारण देश उँभो नलागेको गुनासा अभिव्यक्त भएका छन् । स्थानीय निर्वाचनको प्रचारका नगर्न मौन अवधि लागू भएपछि प्रत्यक्ष मत माग्ने काम नभए पनि अप्रत्यक्ष रुपमा आफूले समर्थन गरेको दल र उम्मेदवारका पक्षमा जनमत तान्ने प्रयास जारी छ । प्रत्यक्ष रुपमा घरदैलो गरेर प्रचारप्रसारमा रोक लागे पनि सामाजिक सञ्जाल र अन्य प्रयोगबाट मतदाताको मन जित्ने प्रयासलाई सम्भवतः निर्वाचन आयोगको अनुगमनले पनि नदेखेझैँ गरिदिएको छ ।


त्यसो त मौन अवधिमा केही भन्न नपाइने वा सामाजिक सञ्जाललाई पनि पूरै नियन्त्रण गर्न खोज्ने विषय सम्भव हुँदैन । पत्रकार भुवन केसीले फेसबुकमा भने झैँ “मौन अवधि भनेको थर्कमानको अवधि होइन ।” यही अवधिलाई सामाजिक सञ्जालमा सिर्जनात्मक सदुपयोग गर्ने काम पनि भइरहेको छ भने दल र नेताहरुबीच आरोप प्रत्यारोप पनि चलिरहेको छ ।


यही वैशाख ३१ गते तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि जुलुस, सभा र प्रचारप्रसारका लागि गएराति १२ बजेदेखि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसारमा रोक लगाइएको छ ।


नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले आज दिउँसो “मौन अवधिमा पनि घाम त लागिरहँदो रहेछ १ जय सूर्यदेव, जय सूर्यमुखी ।” भन्ने पोस्ट गरेर अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको निर्वाचन चिह्नको प्रचार गर्नुभयो । यसलाई जवाफ दिने प्रकारले नेपाली काँग्रेसका युवा नेत्री प्रतिमा गौतमले “मौन अवधिमा पनि शीतल हावा चलिरहेछ । रुख नभए शीतलता कहाँ होला र रु रुख जीवन हो, जीवन रुख हो।।।हामीले बुझ्न जरुरी छ ।” यो पोस्टलाई नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदीले तत्काल सेयर गरेर अरुमाझ पु¥याउनुभयो ।


नेकपा ९माओवादी केन्द्र०का काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोलले आफ्नो फ्यान पेजमा एक अनलाइनमा प्रकाशित आफू अब्बल उम्मेदवार भएको अन्तर्वार्तालाई मौन अवधिमै सेयर गरेका छन् ।


सामाजिक सञ्जाललाई नियमित अवलोकन गरिरहेका पत्रकारिताका अध्येता केसीका विचारमा “सोसल मिडियामा आचारसंहिता लागू गराउनु आफँैमा विवादास्पद छ । यसमा विश्वका जुनसुकै स्थानबाट पनि सामग्री राख्न सकिन्छ । स्थानीय तहको निर्वाचन नेपालको तीनवटा प्रदेशमा मात्र हुँदैछ । त्यो क्षेत्रभन्दा बाहिरबाट सोसल मिडियामा प्रचार गरे र मत मागे भने त्यसलाई नियन्त्रण गर्ने संयन्त्र पनि छैन । त्यो कुरा व्यावहारिक हुँदैन ।”


केसी भन्नुहुन्छ - “निर्वाचन आयोगको आचारसंहितालाई मान्ने नै हो भने पनि मौन अवधिमा कुनै पार्टी वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचार गर्नुलाई राम्रो मानिँदैन । तर व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न मिल्दैन ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.