वीरगंज ८ जेठ ।
पर्सा क्षेत्र नं।२का सांसद बिचारी प्रसाद यादवले आज बेलवा गाँउपलिका वडा नं। २ ईनर्वा टोलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा पर्खाल निर्माण र कार्यालय कोठाको शिलान्यास गरेका छन । सांसद यादवको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत १० लाखको लागतमा पर्खाल र कार्यालय कोठा निर्माण हुन लागेको बिद्यालयका सहायक प्रधानाध्यापक अजय गिरीले बताए । पवन कन्ट्रक्सन बगहीले निर्माण गर्ने ठेक्का लिएको पर्खाल र कोठा असार अगावै निर्माण सम्पन्न हुने सांसद यादवले बताए । सो अवसरमा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हमिद मियाँ, सदस्य प्रमोद गिरी, बिद्यालयका प्रधानाध्यापक शम्भु गिरी,शिक्षिका नन्दीता गौरो, बेलवा गाँउपालिकाका कार्यकारी अधिकृत अमित गिरी, वडा नं. २ का सचिव प्रदिप कुमार महतो, पवन कन्ट्रक्सनका देवनाथ राउत कुर्मी, स्थानियबासिन्दा भरत गिरी, बिरा राउत, भरत पटेल , रामकिसोर सिंह पराग लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया