वीरगंज,जेठ ७ वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा थप कक्षाकोठा भवन निर्माणको शिलान्यास गरिएको छ । सांसद बिचारी प्रयाद यादवको संसदिय बिकास कोषको १० लाखको लागत निर्माण हुन लागेको भवनको सांसद यावदले आज बिहान शिलान्यास गर्नुभएको हो । पवन कन्सर्टक्सनले निर्माण गर्न ठेक्का लिएको भवनको असार १५गते भित्र निर्माण सम्पन्न हुने सांसद यादवले बताए । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक प्रमोद पाठक,नेकपा एमाले वडा नं. २३ का वडा अध्यक्ष लालबाबु यादव, सदस्य रबिन्द्र यादव, रामजी पटेल लगायतको उपस्थिती रहेको थियो । सो बिद्यालयलाई सांसद यादवले यस अघि पनि १० लाख रकम प्रदान गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया