logo

नेकपा पर्साद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

      10/15/2018 गते 00 00 मा प्रकाशित     1419   पटक पढिएको

वीरगन्ज, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी पर्साले आज वडा दशैंको अवसरमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

नेकपाको रामगढवा स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का इन्चार्ज एवं प्रदेश नम्बर दुई संसदको प्रतिपक्ष दलका नेता शिवनारायण मण्डल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी, दिनेश राई, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, उपमेयर शान्ति कार्की,

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, पूर्व सांसदहरु राजकुमार गुप्ता, विचारी यादव, जयप्रकाश थारु, प्रद्युम्न चौहान, नेताहरु क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल,’ बाबुराम कौशिक, रहबर अन्सारी, नेपाली कांग्रेसका सभापति अजय द्विवेदी, सचिव श्याम पटेल लगायत विभिन्न

राजनीतिक दल तथा नेकपाका भातृ संगठनका प्रमुख तथा प्रतिनिधि र नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सोहीक्रममा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना भन्दा बढी युवाहरु नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपका प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले  माला र टिका लगाएर स्वागत गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.