logo

मुख्यमत्रीले नैतीक रुपमा जिम्मेवारी लिनु पर्छः संसदीय दलका नेता सोनल

 इसीमाना सम्वाददाता     २०७८ असोज १८ गते ०६: २६ मा प्रकाशित     718   पटक पढिएको

लोकतान्त्रिक समाजवादी पार्टीको  प्रदेश २ को संसदीय दलको बैठकमा  मुख्यमंत्री लालबाबु राउतको राजीनामा माँग गर्नु पर्ने बिषयमा छलफल भएको छ ।

 

लोसपाको प्रदेश २ को सोमवार देखी जनकपुरमा शुरु भएको संसदीय दलको बैठकमा  मुख्यमंत्री राउतको राजीनामा माग्ने बिषयले प्रवश पाएको हो  । मुख्यमंत्री राउतले संघीयतालाई बदनाम गराएको भन्दै राजीनामा माँग्ने ठाउमा पार्टी पुग्नु पर्ने स्वर बलियो रुपमा उठेको  बताइएको छ । 

मुख्यमंत्रीको कार्यालय आस्थाको केन्द्र हो त्यसमाथिको भरोसा र बिश्वासमा क्षयीकरण भएको यो अवस्थामा मुख्यमन्त्रीले त्यसको नैतीक जिम्मेवार हुनु पर्ने लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए  ।

 

 ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा लिएका कारण अनुसन्धान प्रक्रिया पूरा नभएसम्म मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने विषयमा छलफल भएको हो ।


दलको बैठकमा मुख्यमंत्रीको कार्यालयमा अख्तियारले छापा मारेको कुरा र त्यसबाट बिकासीत घटनाक्रमका बारेमा बिषयले प्रवेश पाएको र त्यस बिषयमा छलफल जारी रहेको उनले बताए  ।

 

प्रदेश २ को सरकारबाट लोसपा बाहिरिएपछि मुख्यमंत्रीले बिश्वासमको मत लिनु पर्ने प्रावधान रहेको छ । मुख्यमंत्रीले बिश्वासको मत लिने अन्तिम मिति कार्तिक २० गतेकालागि प्रदेश सभा बैठक आव्हान गरिएको छ । लोसपाको संसदीय दल २० गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा पनि बैठकमा छलफल भइरहेको नेता सोनलले बताए । 

 

संघीयताको नाममा मुख्यमन्त्रीले भ्रष्टाचार गरेका कारण अख्तियारको अनुसन्धान पूरा नभएसम्म राउतलाई नैतिकताको अधारमा तत्काल राजीनामा दिनुपर्ने बिषय बैठकमा उठेको छ । मुख्यमन्त्री कार्यालयबाट अख्तियारले कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि जसपाका कार्यकर्ताहरू अख्तियारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.