logo

मुख्यमंत्री राउतद्वारा एक मंत्री बर्खास्त, राजीनामा माँगेपछि बर्खास्तगीमा परेको यादवको भनाई

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक ३० गते ०७: ५० मा प्रकाशित     876   पटक पढिएको

 मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय  बर्खास्तीमा परेका छन । मुख्यमंत्री लालबाबु राउतले उनलाई बर्खास्त गरेका हुन । मुख्यमंत्रीले गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादीलाई समावेश गराउन मंत्री यादवको राजीनामा माँग गरेका थिए ।

 

मंत्री यादवले राजीनामा नदिएपछि उनी बर्खास्तगीमा परेको स्रोतले जनायो । या मंत्री यादवले आफूले  मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण बर्खास्तगीमा परेको बताएका छन । 

बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि आफूले मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको यादवले बताए ।

 

यही विषयलाई लिएर आफूलाई बर्खास्त गरिएको यादवको भनाइ छ ।  यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सरकारमा सहभागी भएका थिए । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो ।

जसपा बनेपछि पूर्व राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो पक्षसँग विवाद भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा रहेका पूर्वराजपा समूहका मन्त्री बर्खास्त गरेका थिए । त्यतिबेला उपेन्द्र यादवलाई समर्थन गरेका कारण रामनरेश राय यादवको पद भने जोगिएको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.