logo

प्रेस चौतारी नेपालको बैठक सम्पन्न केही थपिए,महासंघ पर्सालाई आभार, महाधिबेशन तयारी गर्न समिति

 इसीमाना सम्वाददाता     २०७८ पौष २२ गते ०७: ०७ मा प्रकाशित     796   पटक पढिएको

आज हालै सम्पन्न भएको प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिबेशनबाट निर्बाचित कार्य समितीको बैठक सम्पन्न भएको छ । बैठकले अधिबेशन भब्य रुपमा सफल पार्न सहयोग गर्ने सबै प्रति आभार र कृतज्ञता जाहेर गरेको छ ।

 

आजको बैठकले कार्य समितीमा आनन्द पटेल, अखिलेश प्रसाद साह, राजन रौनियार, पन्नालाल प्रसाद साह र उर्मिला सापकोटालाई थप गर्ने निर्णय गर्दै ११ सदस्यीय सचिबालय गठन गरेको छ । जस्मा श्याम बन्जारा, तुलसी भण्डारी, कबिता खड्का, राजेन्द्र सिँह, सन्तोष पटेल, महमद सदाब,राकेश साह, नेहाल खान, प्रकाश तिवारी, राजन रौनियार, नितेष कर्ण रहेका छन ।

 

आजकै बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाको हालै सम्पन्न बैठकले निकै लामो समय अघिदेखि ब्यबसायीक पत्रकारिता गर्दै आउनु भएका निर्बिबाद र निर्भिक पत्रकारहरु प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई गोपाल गिरि स्मृति क्रियाशील पत्रकारिता पुरस्कार दिन उपयुक्त पात्र छनौट गरेकोमा धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरि आजकै बैठकले पत्रकारिता  महासंघ र चौतारीको बीचको सम्बन्धका बारेमा बृहत् प्रशिक्षण सन्चालन गर्ने निर्णय गरेको छ भने आगामी माघ महिनाको २२ र २३ गते पोखरामा सम्पन्न हुने छैठौं राष्ट्रिय महाधिबेशन सम्पन्न गर्न आवश्य पर्ने सबै तयारी पूरा गर्ने जिम्मेवारी सचिबालयलाई दिने निर्णय गरेको छ ।  बैठकमा कार्य समितिका पदाधीकारी, सदस्य, सल्लाहाकार एवं अन्य आमन्त्रितको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.