logo

पर्साको जगरनाथपुर गाउँपालिकामा नेपाली कांग्रेसका यादव बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ ६ गते ०१: ०६ मा प्रकाशित     436   पटक पढिएको

पर्साको जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि काँग्रेसकी बबीता सिंह निर्वाचित भएका हुन् ।

 

अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७ सय ४९ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार महम्मद सलिम मन्सुर ३ हजार ९ सय २६ मत मात्रै पाए ।

 

यादवले मन्सुरलाइ १ हजार ८ सय २३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादवले ३ हजार ४ सय ४७ मत पाएका छन् ।

गाँउपालिका उपाध्यक्षमा पनि काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २ हजार १ सय ८६ मतअन्तरले पराजित गर्दै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

 

बबिताले ५ हजार ५ सय ३१ मत पाउँदा एमाले उम्मेदवार मीरादेवीले भने ३ हजार ३ सय ४५ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जसपा उम्मेदवार जलेखा खातुनले भने ३ हजार १ सय २३ मत मात्रै पाएकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.