logo

मधेश सरकारकाद्वारा आन्दोलनको चेतावनी, प्रहरी समायोजन गर्न एक हप्ताको अल्टिमेटम

 इसीमाना सम्बाददाता      २०७९ सावन २२ गते ०२: ५६ मा प्रकाशित     567   पटक पढिएको

मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ ।


गृह तथा संचार मन्त्री भरत प्रसाद साहको नेतृत्वमा गएको मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्र मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा लाई ध्यानाकर्षण गराएको हो ।

 

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्री लाई यस अघि नै ज्ञापनपत्रसमेत बुझाई सकेको स्मरण गराउदै मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन नगरिए शान्तीपूर्ण अहिंशात्मक आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत दिएका छन् ।


मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेलाले यथाशिघ्र समायोजन हुनु पर्ने माग सहितको घोषणा पत्र समेत जारी गरेको थियो ।


ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषि मन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा सहित सहभागी रहेका थिए ।ध्यानाकर्षण पत्रमा ‘संविधान तथा संघीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘प्रहरी समायोजनमा संघीय सरकारले कुनै तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन विनाप्रदेश सरकारको अनुभूत हुन नसकेको व्यहोरा सादर अनुरोध छ ।’


ध्यानाकर्षण पत्र बुझदै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.