logo

प्रहरी समायोजनको माँग राख्दै मधेश सरकार आन्दोलनमा, आकाहरूको देखावटी विरोध

 इसीमाना सम्वाददाता     २०७९ सावन २९ गते ०४: १८ मा प्रकाशित     659   पटक पढिएको

संघ सरकारले प्रहरी समायोजन नगरेपछि मधेश प्रदेश सरकार नै आन्दोलनमा उत्रिएको छ । मधेश प्रदेशमा प्रहरी परिचालनको अधिकार आएपछि मात्र संघीयताको कार्यान्वयन हुने बुझाईमा रहेको मधेश सरकार आन्दोललनमा उत्रिनुलाई लाजको पसारो भन्दै आलोचना पनि गर्न थालिएको छ ।

आइतवारदेखि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित उनका मन्त्री र प्रदेशसभा सदस्यहरु प्रहरी समायोजन को माँग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका हुन् ।

पुर्व निर्धारित आन्दोलनको कार्यसूचनी अनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा पण्डाल लगाएर मन्त्रीहरु धर्नामा बसेका छन् । प्रदेश सरकारले पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्नामा बस्ने छन् ।

 

धर्ना कार्यक्रममा मुख्यमन्त्री राउतसहित गृह तथा संचार मन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलगायत सबै मन्त्री र प्रदेश सांसदहरु उपस्थित भएका हुन् ।

 

यस अघि मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री देउवासहित सत्तागठबन्धन दलका प्रमुख नेताहरुलाई ज्ञापनपत्र बुझाएका थिए भने केही दिन अघि प्रदेश सरकारका गृहमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

 

मधेश प्रदेश सरकारद्वारा यो आन्दोलनलाई तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नौटंकीको संज्ञा दिएका छन ।

 

उनले शनिबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी समायोजन हुनुपर्दछ । तर, मधेस प्रदेश सरकारद्वारा आन्दोलनको नौटंकी हद पारीको ड्रामा नै हो ।’

प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरू सहभागी रहेको अवस्थामा आकाहरूको देखावटी विरोध राजनीतिक लाज उदाङ्गिएको नौटंकी रहेको उनको टिप्पणी छ ।

 

‘मधेसको जागरुकता हदै तल रहेको ठानेर छारो हाल्न त होला नि ?’, उनले फेसबुकमा लेखेका हुन् । 

यसैगरि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले मधेस सरकारका मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि गरेको धर्ना कार्यक्रम औचित्यहीन भएको बताएका छन्।


मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सोनलले प्रहरी ऐन अगाडि बढाउनुपर्ने आफूहरूको समेत माग रहेको बताउँदै त्यसका लागि प्रदेश प्रमुख नभई सङ्घीय सरकार र प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘प्रदेश प्रमुखले प्रहरी ऐन रोकेका होइनन्। त्यसका लागि सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ। हामीसँग सहकार्य गरिए लोसपा पनि उक्त आन्दोलनमा साथ दिन तयार छ।’

सोनलले प्रदेशको अधिकारका लागि नाटक नगरी इमानदारी पूर्वक गठबन्धनका ठुला नेताहरूलाई दबाब दिन प्रदेश सरकारलाई आग्रह समेत गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.