logo

वीरगंजमा बुद्धिजीवीको भेला सम्पन्न, गठबन्धनको बिरुद्ध एमालेलाई जिताउन अपिल

 इसीमाना सम्बाददाता     २०७९ भदौ १२ गते ०९: ३९ मा प्रकाशित     603   पटक पढिएको

नेपाल बुद्धिजीवी परिषद पर्साको भेला आइतवार वीरगंजको मेघा कलेजको सभाहलमा सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष शम्भू गुप्ताको अध्यक्षतामा भएको भेलाले आम बुद्धिजीवीलाई मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई बिजयी बनाउनकालागि क्रियाशिल हुन अपिल गरेको छ ।

 


भेलालाई संगठनका केन्द्रीय सचिव अजुर्न सिंहले सम्बोधन गर्दै नेपाल र नेपालीको भाग्य र भविष्यको सुरक्षाकालागि मुलकमा नेकपा एमालेले चुनवामा बिजयी हुनु पर्ने कुरालाई जनताको वीचमा स्थापित गर्ने दायित्व बुद्धिजीवीको काँधमा आएको बताए ।

 

उनले मुलुकमा गठबन्धनको नाममा लुटको राज्य संचालन भएको चर्चा गर्दै परमादेशको सरकारले बिकास होइन बिनास गरिरहेको आरोप लगाए ।


कार्यक्रममा मधेश पद्येशका संयोजक बलिराम पोख्रेलले मधेशको बिकासमा के.पी.ओली सरकारले उल्लेख बजेट बिनियोजन गरेको चर्चा गरे ।

 

हुलाकी राजमार्गको निर्माण के.पी.ओली सरकारले बिनयोजन गरेको बजेटले मात्र सम्भव भएको बताए । मधेशको कृषिको बिकासकोलागि मरिन डाइभर्सन सिचाई परियोजना, तराई मधेश समृद्धिकार्यक्रम , सदरमुकामको बिकासकालागि ५० करोड बिवनियोजन जस्ता कार्यक्रमम ओली सरकारले गरेको भन्दै नेकपा एमालेको जीतमा मात्र मुलुकको हित हुने दावी गरे ।


भेलाले मंसीर ४ को निर्वाचनलाई एमालेको पक्षमा पार्नकालागि संगठन निर्माण गरेको छ । १४ वटै स्थानीय तहमा बुद्धिजीवी परिषदको पालिका स्तरको कमिटी निर्माण भएको छ ।

 

वीरगंज महानगरको संयोजक मजोज कुमार गुप्ता, सचिव इं.सन्देश ठाकुर,सदस्य संजय गुप्ता र डा. सदाम हुसेन रहेका छन ।

 

पोखरिया नगरपालिकाको सयोजकमा मनोज कुर्मी सचिव राजकुमार, पर्सागढीको संयोजकमा अनिरुद्ध प्रसाद दास सचिवमा मुक्ति पाठक , बहुदरमाई नगरपालिकाको संयोजकमा बष्टिर कुमार सचिव श्रीलाल पटेल, सखुवा प्रसौनीमा संयोजक जदु साह सचिव कमला ओझैया,जिराभवानीको संयोजकमा बिजय महतो थारु सचिव पी एन चौधरी,ठोरीको संयोजकमा घनश्यम अधिकारी, सचिव लक्ष्मण उपाध्याय सदस्यमा कमोध्या चौधरी धोवीनी गाउँपालिकाको संयोजकमा महम्मद इमरान सचिवमा लष्टिर प्रसाद कानु रहेका छन ।

 

त्यस्तै छिपहरमाई गाउँपालिकाको संयोजकमा प्रकाश महतो सचिवमा अशहोक साह , पकाहा मैनपुर गाउँपालिकाको संयोजकमा रामसेवक पाण्डे ,जगरनाथपुरको संयोजकमा गफुर मिया, सचिवमा हिरा पटेल रहेका छन । भेलाले गठबन्धनको राष्ट्रघाती कदमको पर्दाफाश गर्दै नेकपा एमालेलाई जनजनको मनमा स्थापित गराउन बुद्धिजीवीहरुको सघन परिचालन गर्ने निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.