logo

निर्णयमा पूर्नविचार नगरिए आमरण अनशन बस्ने केन्द्रीय सदस्यको चेतावनी

 इसीमाना सम्वाददाता     २०७९ भदौ १८ गते १०: ४७ मा प्रकाशित     759   पटक पढिएको

जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेश सभा सदस्यको उम्मेदवारी सिफारिश विवादमा परेको छ ।

 

एउटा पक्षले प्रदेश सभा सदस्य पदको लागि पुन नेता कार्यकर्ताहरुको भेला गराई अर्को निर्णय गर्नुपर्ने माँग राखेको छ । पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरीले अर्को भेलाको माँग राखी पार्स पार्टी नेतृत्वलाई शनिवार ज्ञापन पत्र बुझाएका छन ।

 

मंसूरीको नेतृत्वमा रहेको पार्टीका नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवलाई ज्ञापन पत्र बुझाएका हुन । २४ घण्टाभित्र पर्सा क्षेत्र नम्बर १ को भेला गराई (क) तर्फको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्गो लगाउन माँग गरेका छन।

 

२४ घण्टा भित्र पार्टीले माँग पुरा नगरे आमरण अनशन बस्ने चेतावनी समेत केन्द्रीय सदस्य मंसूरीले दिएका छन ।

अन्य उम्मेदवार हुदाँहुदै पनि वर्तमान प्रदेश सभा सदस्य जन्नत अंसारीको नाम एक्लौटी रुपमा सिफारिस गरेपछि पार्टी भित्र विवाद शुरु भएको हो ।

 

क्षेत्र नम्बरको १ को क्षेत्रिय भेलाले अंसारीलाई प्रदेश सभा सदस्यको लागि सिफारिसको निर्णय गरेपछि पार्टी भित्र नै विवाद शुरु भएको हो ।

 

पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरी र पार्टीकै मधेश प्रदेश समिति उपाध्यक्ष बृजमोहन तिवारीले यसअघि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक तवरमा प्रदेश सभा सदस्यमा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने चेतावनी समेत दिएका थिए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.