logo

पोखरिया युवा समाजको समर्थन गिरीलाई, कलममा मतदान गर्न अपिल गर्दै मोटरसाइकल र्याली प्रर्दशन

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक ३ गते ०६: ५४ मा प्रकाशित     1277   पटक पढिएको

पोखरिया युवा समाजले आफनो सर्मथन क्षेत्र ३ को प्रदेशसभा “ख” मा प्रदेशसभा सदस्यका उम्मेदवार प्रहलाद गिरीलाई रहेको जनाएको छ ।


गिरी युवाहरुको भावनालाई सम्मान गर्ने उनीहरुलाई असल परम्पराको अनुशरण गर्न अपिल गर्ने, बिकास निर्माणका काममा युवाशक्तिको परिचालनमा ध्यान दिने युवामैत्री सोचका नेता भएको ठहर गर्दै गिरीलाई आफुहरुको समर्थन रहेको जनाएको छ ।

 

समाजले गिरीलाई जिताउन अपिल गर्दै विहिवार मोटर साइकल र्याली समेत निकालेको छ । आफनो समर्थन गर्नुका साथै आम मतदातालाई समेत समाजले गिरीलाई जिताउन अपिल गरेको छ ।

युवा समाजका पदाधिकारीहरु सहितको टोलीले समर्थनमा मोटरसाईकल ¥याली निकालेको हो । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गिरीलाई जिताउन युवाहरु स्वस्फूर्त रुपमा र्‍याली निकालेको युवा समाजका सुजित गिरीले वताए ।

पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वाको नेतृत्वमा जम्मा भएका युवाहरुको समूहले प्रदेशसभा सदस्यका उम्मेदवार गिरीलाई जिताउन अपिल गर्दै मोटर साइकल ¥याली निकालेको युवा समाज पोखरियाले जनाएको छ । २ सय भन्दा बढी बाइकमा सवार युवाहरुले क्षेत्रको बिभिन्न गाउँ र टोलको प्ररिक्रमा गरेका थिए ।

पोखरियाबाट शुरु भएको ¥याली सतवरिया, पकहामैनपुर, प्रसौनी, गर्दौल, हसवा, मधुवनी, मानिपुर हुँदै पुनः पोखरिया पुगेको थियो । ¥यालीमा राकेश महतो, मनु गिरी, मुम्ताज आलम, सन्तोष चौहान लगायतका युवाहरुले सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.