logo

पार्टी प्रवेशले एमाले जसपा गठबन्धनमा संकट, अवेर राती सम्म नेताहरुवीच छलफल, मंसीर ४ सम्म प्रवेशमा रोक

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ६ गते १०: ३३ मा प्रकाशित     473   पटक पढिएको

नेकपा एमाले र जनता समाजवादी पार्टीवीच मंसीर ४ गते सम्म एक पार्टीको कार्यकर्तालाई अर्को पार्टीमा प्रवेश नगराउने सहमती भएको छ ।

 

सोमवार अवेर राती वीरगंजमा सम्पन्न दुबै पार्टीको बैठकले सहयात्री दलका कार्यकर्तालाई एक अर्को पार्टीमा प्रवेश गर्ने गराउने काम रोक्ने निर्णय गरेको हो ।


सोमवार बिहान वीरगंज महानगरपालिका वडा नं २२ मनियारीका वडाध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार बनेका ग्यासुदिन मियाको जसपा प्रवेश पछि उत्पन्न परिस्थितिका बारेमा गम्भिर समिक्षा गरेपछि दुबै पार्टीको नेतृत्व यस्तो निष्कर्षमा पुगेको हो ।


गठबन्धन संस्कृतिको बिपरित सहयात्री दलका कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको भन्दै पार्टी भित्र र बाहिरबाट पनि गठबन्धनप्रति गम्भिर प्रश्न उठेको थियो ।

 

संचार माध्यमले यो बिषयलाई प्रमुखता प्रकाशन प्रशारण गरेपछि भाइरल भएको यो बिषयले नेताहरुलाई गम्भिर छलफलमा सहभागि हुन बाध्य बनाएको थियो ।


बैठकमा ग्यासुदिन मियाको जसपा प्रवेशको बिषयलाई समिक्षा गरिएको नेकपा एमालेका पर्सा इन्चार्ज प्रभू हजराले जानकारी दिए । दुबै दलका शिर्ष नेताको सहभागितामा भएको बैठकले सहयात्रीदलका कार्यकर्ताको पार्टी प्रवेशको काम नगर्ने सहमती भएको हजारले बताए ।


बैठकमा सहभागि मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउतले गठबन्धनलाई बजबुत बनाउनको बिकल्प नरहेको बताउदै असमझदारीलाई समझदारीमा रुपान्तरण गरिने बताए । उनले जाहा समस्या उत्पन्न हुन्छ त्यहा दुबै दलका नेताहरुको सहभागितामा समस्याको हल निकाल्ने गरि उन्नत खालको समझदारी भएको बताए ।


उनले अलिकति हलचल पैदा हुदैमा गठबन्धनमा समस्या नआउनेकुरा आम जनतालाई बिश्वस्त रहन समेत अपिल गरेका छन ।
बैठकमा पर्सा क्षेत्र न.१ उम्मेदवार प्रदीप यादव , प्रदेश सभा “क” उम्मेदवार बिचारी यादव ईश्वरचन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

छलफल पछि ईसीमाना संग कुरा गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले गठबन्धनको धर्म र भावानाको सम्मान गर्न दुबै दल प्रतिवद्ध रहेको बताए । उनले सोमवार भएको पार्टी प्रवेशको कारणले केही असमझदारी बढेको सत्यलाई आत्मसाथ गर्दै त्यसलाई सच्याइएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.