logo

पार्टी प्रवेशले एमाले जसपा गठबन्धनमा संकट, अवेर राती सम्म नेताहरुवीच छलफल, मंसीर ४ सम्म प्रवेशमा रोक

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ६ गते १०: ३३ मा प्रकाशित     607   पटक पढिएको

नेकपा एमाले र जनता समाजवादी पार्टीवीच मंसीर ४ गते सम्म एक पार्टीको कार्यकर्तालाई अर्को पार्टीमा प्रवेश नगराउने सहमती भएको छ ।

 

सोमवार अवेर राती वीरगंजमा सम्पन्न दुबै पार्टीको बैठकले सहयात्री दलका कार्यकर्तालाई एक अर्को पार्टीमा प्रवेश गर्ने गराउने काम रोक्ने निर्णय गरेको हो ।


सोमवार बिहान वीरगंज महानगरपालिका वडा नं २२ मनियारीका वडाध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार बनेका ग्यासुदिन मियाको जसपा प्रवेश पछि उत्पन्न परिस्थितिका बारेमा गम्भिर समिक्षा गरेपछि दुबै पार्टीको नेतृत्व यस्तो निष्कर्षमा पुगेको हो ।


गठबन्धन संस्कृतिको बिपरित सहयात्री दलका कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको भन्दै पार्टी भित्र र बाहिरबाट पनि गठबन्धनप्रति गम्भिर प्रश्न उठेको थियो ।

 

संचार माध्यमले यो बिषयलाई प्रमुखता प्रकाशन प्रशारण गरेपछि भाइरल भएको यो बिषयले नेताहरुलाई गम्भिर छलफलमा सहभागि हुन बाध्य बनाएको थियो ।


बैठकमा ग्यासुदिन मियाको जसपा प्रवेशको बिषयलाई समिक्षा गरिएको नेकपा एमालेका पर्सा इन्चार्ज प्रभू हजराले जानकारी दिए । दुबै दलका शिर्ष नेताको सहभागितामा भएको बैठकले सहयात्रीदलका कार्यकर्ताको पार्टी प्रवेशको काम नगर्ने सहमती भएको हजारले बताए ।


बैठकमा सहभागि मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउतले गठबन्धनलाई बजबुत बनाउनको बिकल्प नरहेको बताउदै असमझदारीलाई समझदारीमा रुपान्तरण गरिने बताए । उनले जाहा समस्या उत्पन्न हुन्छ त्यहा दुबै दलका नेताहरुको सहभागितामा समस्याको हल निकाल्ने गरि उन्नत खालको समझदारी भएको बताए ।


उनले अलिकति हलचल पैदा हुदैमा गठबन्धनमा समस्या नआउनेकुरा आम जनतालाई बिश्वस्त रहन समेत अपिल गरेका छन ।
बैठकमा पर्सा क्षेत्र न.१ उम्मेदवार प्रदीप यादव , प्रदेश सभा “क” उम्मेदवार बिचारी यादव ईश्वरचन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

छलफल पछि ईसीमाना संग कुरा गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले गठबन्धनको धर्म र भावानाको सम्मान गर्न दुबै दल प्रतिवद्ध रहेको बताए । उनले सोमवार भएको पार्टी प्रवेशको कारणले केही असमझदारी बढेको सत्यलाई आत्मसाथ गर्दै त्यसलाई सच्याइएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.