logo

वीरगंज महानगरमा, ऐनको प्रतिकूल हुने गरि आमसञ्चार प्रर्वद्धन तथा नियमन समितिले पायो पूर्णता

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक १८ गते ०७: ३४ मा प्रकाशित     628   पटक पढिएको

वीरगंज महानगरपालिकाले आफैले निर्माण गरेको ऐनको प्रतिकूल हुने गरि आमसञ्चार प्रर्वद्धन तथा नियमन समितिलाई पूर्णता दिएको छ ।
वीरगंज महानगरपालिकाको २०७८ पुष १५ गते सम्पन्न नगरसभाले ऐन पास गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रमुख विजय कुमार सरावगीले २०७८ पुष २१ गते प्रमाणित गरि राजपत्रमा प्रकाशित भएपछि उक्त ऐन कार्यान्वयनमा आएको हो ।

आमसञ्चार ऐन २०७८ को दफा ५ को (१) बमोजिम कार्यपालिकाले संयोजक र ५ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ । ऐनको दफा ५ को १ (क) मा कार्यपालिकाले नियुक्त गरेको व्यक्ति एक जना संयोजक र उपदफा १ (ख) मा कार्यपालिकाले नियुक्त गरेको व्यक्ति एक महिला सहित फरक विधाबाट ५ जना मनोनयन गर्ने व्यवस्था रहेको छ । ११ सदस्यीय समितिलाई ऐन विपरित बढाएर १७ सदस्यीय बनाइएको छ ।

तर महानगरले आफैले बनाएको ऐनको प्रतिकुल हुने गरि समिति चयन गरेको छ । यसबारेमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेले ऐनमा के व्यवस्था छ भन्ने बारेमा आफूले पुरा अध्ययन नगरेको बताए । सदस्यहरुको मनोनयन पत्रमा प्रमुख प्रशासकिय अधिकृत पौडेलले हस्ताक्षर गरेका छन ।

गत भाद्र १६ गतेको कार्यपालिकाको बैठकले समितिको संयोजकमा पत्रकार ध्रुब अधिकारी सहित सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

समितिले वीरगञ्जबाट प्रकाशन तथा प्रशारणमा रहेका सञ्चार माध्यमलाई व्यवस्थित गर्ने त्यसको ब्यवसायीक बिकास ,लोककल्याण्कारी बिज्ञापनको वितरण,तथा प्रर्वद्धनमा काम गर्ने छ ।

समितिमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष, महानगरपालिकाको आर्थिक प्रशासन महाशाखा प्रमुख, सामान्य प्रशासन महाशाखा प्रमुख, कानुन शाखा प्रमुख पदेन सदस्य र प्रकाशन, प्रशारण र सूचना शाखाका प्रमुख सदस्य सचिव रहने व्यवस्था ऐनमा गरिएको छ ।

समितिको संयोजक ध्रुब अधिकारीलाई गत असोज ३१ गते पत्र बुझाइएको थियो भने सदस्यहरुलाई शुक्रबार पत्र दिइएको छ । महानगरपालिकाले समितिको सदस्यमा रामनारायण कुर्मी, बृजलाल पासवान, मनोज पटेल, माधुरी महतो, मुस्कान श्रेष्ठ, अमित अग्रवाल, राम सरार्फ, अमित साह, आवीद हुसेन, विरेन्द्र साह र नवराज फूँयाललाई समेत मनोनयन गरेको छ ।


समितिलाई स्थानीय सरकारवाट सञ्चार माध्यमको संरक्षण, विकास, प्रबद्र्धन र नियमन गर्ने, स्वतन्त्र, व्यावसायिक र जनउत्तरदायी मिडियाको संस्थागत विकासका लागि १०० वाटसम्मका एफएम रेडियो, केवल टेलिभिजन र स्थानीय तहवाट प्रकाशन हुने पत्रपत्रिका लगायतका सञ्चार माध्यमको स्वतन्त्र र निष्पक्षरूपमा अभिलेखिकरण, इजाजत तथा नियमन गर्न ऐनमा व्यवस्था गरिएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरभित्रका सम्पूर्ण जनसमुदायमा आम सञ्चार माध्यमको पहुंच स्थापित गर्न स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने, वीरगञ्ज महानगरपालिकामा सञ्चालित सञ्चार माध्यमको वर्गीकरण गर्ने, वीरगञ्ज महानगरपालिकामा सञ्चालित सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउने, वीरगञ्ज महानगरपालिकामा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरुको हितका पक्षमा अन्य आवश्यक कार्यहरु गर्न ऐनमा स्पष्ट व्यवस्था गरिएको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.