logo

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष र उपाध्यक्षनै एमालेमा प्रवेश

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक २० गते ०९: ०० मा प्रकाशित     467   पटक पढिएको

जिल्लाको वृन्दावन नगरपालिकाका नगर कमिटी अध्यक्ष, उपाध्यक्षसहित माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

 

आइतबार आयोजित नेकपा (एमाले)को घरदैलो कार्यक्रममा माओवादी नगर अध्यक्ष संजिव पटेल, नगर उपाध्यक्ष कृष्णनन्दन पटेल लगायतका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।

 

नव प्रवेशीहरुलाई रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्धव रेग्मी, प्रदेश सभा सदस्य पदका उम्मेदवार अखिलेश्वर चौधरी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बिना साह, मधेस प्रदेश समानुपातिक उम्मेदवार आरती भण्डारी, जित बहादुर बि.क., क्षेत्रीय इन्चार्ज प्रेम शंकर यादव लगायतले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

 

नवप्रवेशी नगर अध्यक्ष पटेलले देश बनाउने एकमात्र पार्टी नेकपा (एमाले) भएकाले आफुहरु माओवादी परित्याग गरेर एमालेमा आएको बताए । उनले समय क्रमसँगै माओवादीले जनयुद्धको मर्मलाई चट्टकै बिर्सिएर कांग्रेसको भुँई चढ्ने काम गर्दै कम्यूनिष्ट चरित्र त्याग गरेकाले आफुहरुले वास्तविक कम्यूनिष्ट शक्तिको रुपमा नेकपा (एमाले)लाई छानेको प्रतिक्रिया दिए ।

 

सो कार्यक्रममा माओवादी केन्द्र प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका बाबुलाल राउत, हेमन पटेल, राम प्रवेश, मुकेश पटेल, सावन पटेल, लक्ष्मी पटेल, सञ्जय पटेल, राम विनोद पटेल, जितेन्द्र चौधरी, डल्लु कुमार पटेल, चन्द्रदेव पटेल, पवन पटेल, नेपाली कांग्रेस परित्याग गरेर उमेश पंडित लगायत रहेका नेकपा (एमाले) मधेश प्रदेश सदस्य बैजनाथ सहनीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.