logo

सोनलका राजनीतिक सहयात्रीहरुद्वारा लोसपा परित्याग, सोनलको टाउको दुखाई बढयो

 इसीमाना सम्वाददता     २०७९ कार्तिक २१ गते ०८: ४२ मा प्रकाशित     657   पटक पढिएको

बाराको निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा “ख” का सत्ताधारी गठबन्धनका उम्मेदवार जितेन्द्र सोनल आफ्ना भित्रियाहले छाडेपछि संकटमा परेका छन । सोनलको सचिवालयका नेतृत्वकर्ता सन्तोष यादवले सोनलको साथ छोडेर जसपामा प्रवेश गरेका छन ।

 

सोनलका प्रमुख स्वकीय सचिव भएर लामो समय सोनलको राजनीतिलाई सघाउदै आएका यादवको लोसपा परित्यागका कारण सोनलको चुनावी अभियानमा ठुलो संकट उत्पन्न भएको छ ।

यादव मात्र होइन सोनलको राजनीतिका अर्का सारथी लोसपाका केन्द्रिय सदस्य सर्फुल्लाह अंसारीले सोनलको साथ छोडे । पूवं मंत्री एकवाल मियाको एमाले प्रवेशका कारण कमजोर भएको लोसपाका आशालाग्दा युवा नेतृत्वमा रहेका ब्यक्तिहरु पनि जसपा प्रवेश गरेपछि सोनलको मधेश भवन प्रवेशको सपनमा बज्रपात प्रहार भएको छ ।

 

सोनलको राजनीतिका सारथीहरुले आइतवार नै जसपाको केन्द्रीय कार्यालय वालकुमारी पुगेर पार्टी अध्यक्ष उपेन्द्र यादवबाट टिका ग्रहण गरि पार्टी प्रवेश गरेका हुन । उनीहरुको लोसपा परित्यागले बाराको निर्वाचन क्षेत्र नं ४ को निर्वाचनमा खास महत्व राख्ने बताइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्नेहरुमा , जिल्ला सहसचिव शम्भु गुप्ता , जिल्ला सदस्य अमोद यादव , प्रहलाद पुप्ता सहितका २० जना भन्दा बढि नेता कार्यकर्ताहरु छन ।


मधेश आन्दोलनमा अग्रणी भुमिका खेलेका यी युवा नेताहरु विगत लामो सयम देखि लोसपाका नेतृत्वहरु संग असन्तुष्ट रहेकाले चुनावको मुखमा जसपा प्रवेश गरेका हुन ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.