logo

जनमत पार्टीको सर्मथन द्विवेदीलाई,जनताको बलमा जनतन्त्रको जित हुने द्विवेदीको भनाई

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक २३ गते ०७: ३६ मा प्रकाशित     803   पटक पढिएको

जनमत पार्टी पर्साले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा स्वतन्त्र चुनाव लडेका अजय द्धिवेदीलाई जिताउँन आम मतदातासंग अपिल गरेको छ ।

बुधबार माईस्थान मन्दिरको पूर्वपट्टी रहेको होटल कन्टीनेन्टलमा एक कार्यक्रमको आयोजना गरी जनमत पार्टी पर्साका ईन्चार्ज श्याम शंकर चौरसियाको नेतृत्वमा रहेको करिब २ सय जना बढी नेता कार्यकर्ताले द्धिवेदीलाई जिताउँन संस्थागत निर्णय गरेर अभियान चलाउने भएका छन ।

 


जनमत पार्टी पर्सा क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शिव प्रसाद यादवले पनि खुलेर द्धिवेदीलाई साथ दिने निर्णय भएको बताए ।

 

चौरसियाको नेतृत्वमा रहेका पार्टीका जिल्ला सदस्य एवं महिला नेतृ अनिता रौनियार, पार्टीका जिल्ला पूर्व सह सचिव विजय साह, सदस्य विराज साह कानु, क्षेत्र नम्बर ३ का क्षेत्रिय पर्यवेक्षक ईन्दर राठौर लगायत करिब २ सय जनाले द्धिवेदीलाई जिताउँन खुलेर सहयोग गर्ने जनाएका हुन ।

जनमत पार्टीले समर्थन मात्र जनाएन उनको पक्षमा घर घरमा पुगेर मतदाता संग मत माँग्ने काम समेत गर्ने जिल्ला ईन्चार्ज चौरसियाले बताए ।

 

उनले भने, ‘सत्तागठबन्ध र जसपा एमाले गठबन्धनले देशको विकास भन्दा पनि आफनो सत्ता र कुर्सी जोगाउँन जनतालाई झुक्याउँन खोजेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार द्धिवेदीलाई जिताउँन जनमतले पुरा सहयोग गर्ने जनाए ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले जनताको लोकतन्त्रको रक्षाको एजेण्डालाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए ।

 

यो चुनाव मार्फत राजनीति हार्ने कि जित्ने भन्ने कुराको फैसला हुने भएकोले राजनीतिको पक्षका जनमत पार्टीले लिएको निर्णयलाई उच्च सम्मान गरेको बताए ।


उनले आफू प्रतिनिधि पात्र मात्र भएको बताउदै जनताको बलमा जनतन्त्रको जित हुने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.