logo

एमाले जसपा तालमेल देश र जनताको पक्षमा छः नेता यादव

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २३ गते ०७: ५६ मा प्रकाशित     492   पटक पढिएको

पर्सा क्षेत्र नं १ को “क” बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले नेकपा एमालेको मधेश प्रदेश कमिटीका सचिवालय सदस्य बिचारी यादवले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताएका छन् ।

 


बुधवार वडा नं ३२ को टेढामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले एमाले उम्मेदवार सांसद हुन मात्र नभइ देश र जनताका पक्षमा काम गर्न हिँडेको बताए । उनले आफू संधै पर्साका जनताको सुख दुखमा साथमा रहेको भन्दै जनताबाट कहिल्यै टाढा नबनेको बताए ।

 


‘हाम्रो नेतृत्वमा सरकार बनेमा बृद्धभत्ता मासिक पाँच हजार पु¥याउँछौं’, उनले भने’ ‘युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्छौ ।’

 

उनले एमाले सरकारमा हुँदा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनतामाझ लोकप्रिय रहेको बताए । जनताको आर्थिक अवस्था उकास्ने योजना एमालेसंग मात्रै रहेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।


‘एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ । स्थानीय, प्रदेश र संघ सरकारलाई बलियो बनाएर जनताको काम गर्ने योजनाका साथ एमाले निर्वाचनमा होमिएको उनको भनाई छ । यादवले नेकपा एमाले र जसपाका साझा उम्मेदवारको जीतले मात्र नेपाली जनताको हित हुने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.