सप्तरीमा मधेश प्रदेशका अर्थमंत्री शैलेन्द्र साहको हार निश्चित भएको छ । उनलाई जनमत पार्टीका सतिशकुमार सिंहले पराजीत गर्ने भएका छन ।
सप्तीरको क्षेत्र नं २ को “क” प्रदेश सभामा सिंहले १४ हजार ३२२ मत पाएर अग्रता कायम राखेका छन । उनका निकटतम प्रतिद्वण्दी धमे प्रदेश सरकाकार अर्थमंत्री जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहेका छन् ।
प्रदेश सभमा कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित छ ।
सतिश तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । तत्कालीन राजपाबाट उनी अध्यक्षमा विजयी भएका थिए ।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेपनि पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया