logo

गोल्डेन ह्यान्डसेक बापतको सुविधा नलिने मधेशका अस्थायी शिक्षकहरुको अडान

 इसीमाना सम्वाददाता     २०७९ पौष २८ गते ०९: २३ मा प्रकाशित     601   पटक पढिएको

जनकपुरधाम,। मधेस प्रदेशका अस्थायी शिक्षकहरूले गोल्डेन ह्यान्डसेक बापतको सुविधा लिन अस्विकार गरेका छन् ।

बिहीबार जनकपुरधाममा बसेको अस्थायी शिक्षक आन्दोलन परिचालन समिति मधेस प्रदेशको बैठकले यस्तो निर्णय गरेको हो ।


सरकारले यसअघि सेवा सुविधा लिन छुटेका अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक बापतको सुविधा दिन प्रक्रिया अघि बढाएपनि आन्दोलन परिचालन समितिको बैठकले सुविधा लिन अस्विकार गर्ने निर्णय गरिएको विस्थापित अस्थायी शिक्षक आन्दोलन परिचालन समिति मधेस प्रदेशका अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

अध्यक्ष यादवले आफूहरूलाई पुर्नबहालीको माग गर्दै आगामी माघ २ गते प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको बताए ।

गोल्डेन ह्यान्डसेक बापतको सुविधा लिन छुटेका अस्थायी शिक्षकहरूका लागि शिक्षा मन्त्रालयले पुस १३ गतेदेखि एक महिनाको समय दिएको थियो । तर, तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज ९ गतेको मन्त्रीस्तरिय निर्णयबाट गोल्डेन ह्यान्डसेक बापतको सुविधा लिन आह्वान गरेको थियो ।

२०७३ असार सम्म ५ देखि १० वर्ष काम गरेका शिक्षकलाई वर्षको आधा महिना, १० देखि १५ वर्ष सेवा गरेकालाई १ महिना र १५ देखि २० वर्ष काम गरेकालाई डेढ महिनाको हिसाबले सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो हिसाबले न्यूनतम ३ लाखदेखि १३ लाख रुपैयाँसम्म सेवा सुविधा पाउने शिक्षकहरू रहेका छन् । सोही अनुसार त्यस्ता अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक बापतको सुविधा उपलब्ध गराउन सरकारले करिब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.