logo

मधेश सरकारले पायो पूर्णता नवनियुक्त मंत्रीले लिए शपथग्रहण

 इसीमाना सम्वाददाता     २०७९ माघ २४ गते ०८: २२ मा प्रकाशित     610   पटक पढिएको

जनकपुरधाम/ मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण समारोहमा उद्योग, पर्यटन तथा वन मन्त्रीको रुपमा नियुक्त सुनिता यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारीले प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।


मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेसँग मन्त्रीमण्डलले पूर्णता पाएको छ । मंत्री मण्डलमा सामेल दुबै जना नेकपा माओवादी केन्द्रका हुन ।

 

यादव नेकमा माओवादी केन्द्र रामबृक्ष यादवको छोरी हुन माओवादी जनयुद्धकालमा रामबृक्ष र उनका दुई छोरा सहिद भएका थिए । अन्सारी पर्साको निर्वाचन क्षेत्र नं १ को “क” बाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।

 

प्रदेश सरकारमा यसअघि नै जसपा, जनमत पार्टी र नेकपा एमाले सहभागी भइसकेका छन् । तर दुई मन्त्रालय नदिएसम्म सरकारमा सहभागी नहुने अडान राखेर माओवादी सरकारमा सहभागी भएको थिएन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.