logo

पर्सामा संघ र प्रदेशका मंत्री सम्मानीत,मलखाद्यको समस्या हल गर्नकालागि ७ अर्व स्रोत सुनिश्चित गरेको मंत्री साहको भनाई

 इसीमाना सम्वाददाता     २०७९ फागुन १३ गते ०९: ४७ मा प्रकाशित     677   पटक पढिएको

कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले मलखाद्यको समस्या हल गर्नकालागि ७ अर्व स्रोत सुनिश्चित गरेको बताइन ।

 

नेपाल बुद्धिजीवी परिषद पर्साले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री साहले यस्तो जानकारी दिएकी हुन ।

हरेक वर्ष मलखाद्यको अभावमा किसानले अनेकौ समस्या भोग्नु परेको बताउदै मंत्री साहले किसानलाई राहत होस भन्नकालागि यस पटक अहिले नै ७ अर्व रुपैया स्रोत सुनिशिचत गरिएको बताइन ।

 

अहिलेका अर्थमंत्रीले यो समस्या राम्रोसंग बुझेकोले स्रोत सुनिश्चित भएको मंत्री साहको भनाई छ । मलखाद्य बितरणमा कतिपय ठाउमा जनप्रतिनिधिहरुले आफूलाई भोट नदिएको भन्दै काखा पाखा गरेको गुनासो आएको बताइन ।

 

नेकपा एमालेबाट बिजयी जनप्रतिनिधिहरुलाई त्यसो नगर्न आग्रह गर्दै अन्य कसैले पनि त्यस्तो गरे सूचना दिन आग्रह गरिन ।

 

उनले जो सुकै होस जुनसुकै पार्टीबाट जीतेको किन नहोस राज्यले जनतालाई दिन भनेको कुरा बिना पूर्वाग्रह दिनु पर्छ त्यसो नगर्नेलाई कडा कारवाही गरिने उनले प्रतिवद्धता जनाईन ।

 

आउदो समयमा कृषि क्षेत्रमा देखापरेको समस्यालाई छिटो छरितो समाधान गरि किसानहरुलाई समस्या मुक्त गर्ने , मंत्री साहले प्रतिबद्धता जनाइन।


पार्टीको पोलिटब्यूरो सदस्य समेत रहेकी साहले पार्टी भित्र रहेको बेथितिलाई समाप्त गरि पार्टीलाई गतिशील बनाउन अहिले मिशन ग्रासरुटअभियान सुरू गरिएको बताइन ।

 

उनले संगठनलाई सर्वोपरी मानि तल्लो स्तर देखि काम गर्दै आएका ईमान्दार कार्यकर्तालाई मुल्याङ्कन गरि अगाडी बढाउने बताइन ।

 

वीरगंज महानगरपालिकाको मनमोहन नगरमा रहेको नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका समानुपातिक तर्फबाट निर्वाचित सांसद प्रभु हजरा, प्रदेश सांसद बिना शर्मालाई सम्मानित गरिएको हो।


बुद्धिजीवी परिषद पर्साका अध्यक्ष संतोष साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सचिवालय सदस्य, बिचारी यादव, जयप्रकाश थारु, सदस्य शम्भु गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, मधेस प्रदेश महासचिव श्याम बान्जारा, नेकपा एमाले पर्सा जिल्ला सदस्य मन्तुरा चौधरी, अनिल हाजरा,लगायतको उपस्थिति रहेको थियो।

यसैवीचमधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई नेकपा माओवादी केन्द्र पर्साले स्वागत गरेको छ ।

333710898_1392636971508069_5986799260696578829_n.gif?_nc_cat=107&ccb=1-7&_nc_sid=041f46&_nc_ohc=BvCwdjWjI0oAX-QWW1i&_nc_ht=cdn.fbsbx.com&oh=03_AdRkcqVDOomfp3xCOqGiXfqL7BJIefhiCNYsAmSR01xONw&oe=63FBB22B

शनिबार पार्टी कार्यालय वीरगञ्जमा मधेस प्रदेशको नवनियुक्त पर्यटन उधोग तथा वन मन्त्री सुनिता यादव र मन्त्री रहबर हंसारि स्वागत तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज बिजय महतो,सचिव बालेशवर थारुले मन्त्री र राज्य मन्त्रीलाई फुलमालाले स्वागत र अभिनन्दन गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.