logo

पर्सामा संघ र प्रदेशका मंत्री सम्मानीत,मलखाद्यको समस्या हल गर्नकालागि ७ अर्व स्रोत सुनिश्चित गरेको मंत्री साहको भनाई

 इसीमाना सम्वाददाता     २०७९ फागुन १३ गते ०९: ४७ मा प्रकाशित     555   पटक पढिएको

कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले मलखाद्यको समस्या हल गर्नकालागि ७ अर्व स्रोत सुनिश्चित गरेको बताइन ।

 

नेपाल बुद्धिजीवी परिषद पर्साले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री साहले यस्तो जानकारी दिएकी हुन ।

हरेक वर्ष मलखाद्यको अभावमा किसानले अनेकौ समस्या भोग्नु परेको बताउदै मंत्री साहले किसानलाई राहत होस भन्नकालागि यस पटक अहिले नै ७ अर्व रुपैया स्रोत सुनिशिचत गरिएको बताइन ।

 

अहिलेका अर्थमंत्रीले यो समस्या राम्रोसंग बुझेकोले स्रोत सुनिश्चित भएको मंत्री साहको भनाई छ । मलखाद्य बितरणमा कतिपय ठाउमा जनप्रतिनिधिहरुले आफूलाई भोट नदिएको भन्दै काखा पाखा गरेको गुनासो आएको बताइन ।

 

नेकपा एमालेबाट बिजयी जनप्रतिनिधिहरुलाई त्यसो नगर्न आग्रह गर्दै अन्य कसैले पनि त्यस्तो गरे सूचना दिन आग्रह गरिन ।

 

उनले जो सुकै होस जुनसुकै पार्टीबाट जीतेको किन नहोस राज्यले जनतालाई दिन भनेको कुरा बिना पूर्वाग्रह दिनु पर्छ त्यसो नगर्नेलाई कडा कारवाही गरिने उनले प्रतिवद्धता जनाईन ।

 

आउदो समयमा कृषि क्षेत्रमा देखापरेको समस्यालाई छिटो छरितो समाधान गरि किसानहरुलाई समस्या मुक्त गर्ने , मंत्री साहले प्रतिबद्धता जनाइन।


पार्टीको पोलिटब्यूरो सदस्य समेत रहेकी साहले पार्टी भित्र रहेको बेथितिलाई समाप्त गरि पार्टीलाई गतिशील बनाउन अहिले मिशन ग्रासरुटअभियान सुरू गरिएको बताइन ।

 

उनले संगठनलाई सर्वोपरी मानि तल्लो स्तर देखि काम गर्दै आएका ईमान्दार कार्यकर्तालाई मुल्याङ्कन गरि अगाडी बढाउने बताइन ।

 

वीरगंज महानगरपालिकाको मनमोहन नगरमा रहेको नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका समानुपातिक तर्फबाट निर्वाचित सांसद प्रभु हजरा, प्रदेश सांसद बिना शर्मालाई सम्मानित गरिएको हो।


बुद्धिजीवी परिषद पर्साका अध्यक्ष संतोष साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश सचिवालय सदस्य, बिचारी यादव, जयप्रकाश थारु, सदस्य शम्भु गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, मधेस प्रदेश महासचिव श्याम बान्जारा, नेकपा एमाले पर्सा जिल्ला सदस्य मन्तुरा चौधरी, अनिल हाजरा,लगायतको उपस्थिति रहेको थियो।

यसैवीचमधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई नेकपा माओवादी केन्द्र पर्साले स्वागत गरेको छ ।

333710898_1392636971508069_5986799260696578829_n.gif?_nc_cat=107&ccb=1-7&_nc_sid=041f46&_nc_ohc=BvCwdjWjI0oAX-QWW1i&_nc_ht=cdn.fbsbx.com&oh=03_AdRkcqVDOomfp3xCOqGiXfqL7BJIefhiCNYsAmSR01xONw&oe=63FBB22B

शनिबार पार्टी कार्यालय वीरगञ्जमा मधेस प्रदेशको नवनियुक्त पर्यटन उधोग तथा वन मन्त्री सुनिता यादव र मन्त्री रहबर हंसारि स्वागत तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज बिजय महतो,सचिव बालेशवर थारुले मन्त्री र राज्य मन्त्रीलाई फुलमालाले स्वागत र अभिनन्दन गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.