logo

वीरगञ्ज नर्सिङ क्याम्पसमा बिद्यार्थी धर्नामा, क्याम्पस प्रमुखको राजीनामा माग्नु खेदजनक

      २०७९ चैत ७ गते ०१: २४ मा प्रकाशित     785   पटक पढिएको

वीरगञ्ज, । वीरगञ्ज नर्सिङ क्याम्पसमा सोमबार नेपाल विद्यार्थी सङ्घले गरेको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन उत्रिएका छन ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सम्पूर्ण पदाधिकारी र सदस्यमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका उम्मेदवारले जित निकालेपछि धाँधली भएको आरोप लगाउँदै सोही दिन राती १२ नेविसङ्घले क्याम्पसको प्रशासन शाखा र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण पठनपाठन र आउँदै गरेको परिक्षासमेत प्रभावित हुने बताउँदै विद्यार्थीहरुले क्याम्पस प्रशासनको मूल ढोका अगाडि धर्ना दिएर तालाबन्दी खोल्न माग गरेका हुन् ।

 

स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुनः सूचारु हुनुपर्ने धर्नामा बसेका विद्यार्थीहरुको माग छ । बिएस्सी तेश्रो वर्षमा अध्धयनरत छात्रा दपीका डंगोलले क्याम्पस प्रमुखको राजीनामा माँगेर तालाबन्दी गरिनुलाई राम्रो मान्न नसकिने बताएकी छिन ।

 

क्याम्पस प्रमुखले अनुगमन गरेको कुरा गलतै रहेछ भने पनि त्यसको सजायबापत राजीनामा माँग्ने नमिल्ने उनको तर्क छ । अनुगमनको कारवाही राजीनामा न्यायोचीत नभएको उनको भनाई छ ।

क्याम्पसका रातारात गरिएको तालाबन्दीका कारण आफूहरु आश्चर्यचकित भएको बताउँदै अधिकांस विद्यार्थीहरुले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुनः सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र पनि लेखेका छन् ।

 

प्रमाणपत्र तहका बिद्यार्थी सागर खतिवडाले क्याम्पस प्रमुखले बिद्यार्थीको गारो सारोका बारेमा थाहा पाउन अनुगमन गरेको बताए । क्याम्पस प्रमुखले अनुगमन गर्न नपाउने कही कतै उल्लेख नगरेको बताउदै अति राजनीतिकरण नगर्न उनले आग्रह गरेका छन ।

 

९ गते १३ गते सहितका दिनहरुमा परिक्षा हुदैछ कक्षाकोठामा बसेर अध्धयन गर्नु पर्ने बिद्यार्थीहरु धर्नामा बस्नु पर्ने अवस्था ल्याउनु ठिक नभएको उनको भनाई छ । अनेरास्ववियुले भने निर्वाचनको प्रमाणपत्र बितरणको माँग गरेको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.