logo

जेष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै उम्मेदवार न्यौपाने

 इसीमाना सम्वाददाता     २०७९ चैत २८ गते ०६: ०३ मा प्रकाशित     479   पटक पढिएको

भरतपुर । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन २ का नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ज्येष्ठ नागरिकको आशिर्वाद लिन ब्यस्त छन ।

 

घरदैलो गर्दै न्यापानेले आशिवार्द लिदै मतदाताका गुनासो पनि गरेका छन् । न्यौपानेले निर्वाचनको प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न स्थानमा कोणसभा गर्दै वरिपरीका नागरिकका गुनासो समेत सुनेका छन् ।


घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य सम्बन्धी गुनासा तथा जिज्ञासाहरु राखेका थिए ।

भरतपुर–५ र ७ मा भएको घरदैलोका क्रममा स्थानीय ज्येष्ठ नागरिकहरुले उम्मेदवार न्यौपानेलाई भरतपुर अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै सहजरुपमा उपचार गर्न पाउने व्यवस्था गराउन अनुरोध गरे । त्यसैगरी सरकारी अस्पतालमा पहिला उपचार र पछि पैसा लिने व्यवस्था गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका छन् ।


त्यहाँका ज्येष्ठ नागरिक तथा महिला मतदाताहरुले पहिले बाहिरका मान्छेलाई भोट दिएकोमा दुःख पाएको भन्दै अब भने युवा र असल उम्मेदवार न्यौपानेलाई मतदान गरेर जिताउने बताए ।

 

ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थीहरुको हकहितमा एमालेले विगतमा राम्रो काम गरेकाले पनि चितवन २ मा एमालेका उम्मेदवारले जित्नुपर्ने स्थानीयको भनाइ छ । जितेर गएपछि ज्येष्ठ नागरिकको जिम्मेवारी सरकारले लिनेगरी काम गर्नसमेत न्यौपानेलाई स्थानीयले आग्रह गरेका छन् ।


मंगलबार भरतपुरको विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताए ।

 

उनले आफू कुनै पनि आरोप र भ्रष्टाचारमा नमुछिने भन्दै अरुले भ्रष्टाचार गरेमा पनि भण्डाफोर गर्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक टोल सुधार समितिमार्फत विकासका योजनाहरु माग गरेर सोहीअनुसार व्यवस्थापन गर्न सहजीकरण गर्ने न्यौपानेको भनाइ छ ।


अहिले उपनिर्वाचन गर्नुपर्ने रहर नभएर बाध्यता भएको भन्दै उम्मेदवार न्यौपानेले राम्रो समाज निर्माणका लागि जनप्रतिनिधि पनि राम्रो हुनुपर्ने बताए ।

जनताका समस्याहरु बुझ्ने र सुन्ने खालका उम्मेदवार हुनुपर्ने उल्लेख गर्दै न्यौपानेले आफू जितेर गएपछि हरेक ठाउँमा जनताको गुनासो सुन्न पुग्ने बताए । स्वदेशमै स्वरोजगार बन्ने, यहीँ पढ्नेलेख्ने तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको न्यौपानेको भनाइ छ ।


मंगलबार भएको घरदैलो एवं कोणसभामा उम्मेदवार न्यौपानेसहित एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपानेलगायतका नेताहरु सहभागी थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.