logo

कालिकामा एमाले पुरानै लयमा फर्कियो

 इसीमाना सम्वाददाता     २०८० बैशाख ५ गते ०८: ५४ मा प्रकाशित     436   पटक पढिएको

भरतपुर । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडि बढाएको छ ।

 

दैनिक भइरहेका घरदैलो र भेटघाटमा पार्टीका गतिविधिमा जनसहभागिता बढाउदै लगेको एमालेले आफ्नो पुरानो जनमत फर्काउनेगरी अभियान चलाइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

 


पालिकामा रहेका सवै वडामा घरदैलो र जागरण अभियानलाई तीव्रता दिएको एमाले कालिका नगर कमिटीका अध्यक्ष केशव लामाले जानकारी दिए । टोलस्तरमा सामूहिक छलफल र घरघरमै भेटघाट भइरहेको बताउँदै लामाले हिजोका कमीमजोरी मसिनो गरी समीक्षा भएकाले पार्टी पुरानै लयमा फर्किएको बताए ।


नेकपा एमालेले अयोजना गरेको मिसन ग्रास रुट अभियानमा टोलटोलमा पुगेको एमालेले अहिले चुनावी अभियानमा जनस्तरमै पुगेको अध्यक्ष लामाले बताए । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा कम मत प्राप्त भएपछि पालिकास्तरका नेता कार्यकर्ता आफ्नो जनमत फर्काउने अभियानमा लागेका थिए ।


चितवन निर्वाचन क्षेत्र २ मा पर्ने कालिकामा अहिले सबैको चासो रहेको छ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख जितेको एमालेले प्रतिनिधि सभाको चुनावमा सोचे अनुसारको मत प्राप्त गर्न सकेको थिएन । वैशाख १० गते हुने उप निर्वाचनका लागि एमालेले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।


उम्मेदवारसँगैको घरदैलो कार्यक्रममा विगतको भन्दा धेरै जनसहभागिता बढेको अध्यक्ष लामाले जानकारी दिए । निर्वाचनको प्रचार प्रासरका क्रममा देखिएको जनसहभागिताले यसपटक कालिकामा एमालेले मत बढाउने अधार देखिएको जानकारी दिँदै एमालेका प्रदेश कमिटी सदस्य एवम् कालिका नगर इन्चार्ज टीका रिजालले धेरै भ्रमहरु चिरिएको र पार्टीको अभियान टोल स्तरमा पुगेको जानकारी दिए ।

 

कालिकमा एमाले पुरानै लयमा फर्किएको बताउदै उनले गत स्थानीय तहमा पार्टीलाई प्राप्त भएको मत यसपटकको उपनिर्वाचनमा ल्याउन सक्नेगरी आन्तरिक तयारी सहितको अभियान चलाइएको जनकारी दिए । ११ वडा रहेको पालिकामा अहिले चुनावी अभियान चलिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.