logo

आचार संहिता प्रतिकुल मुख्यमंत्री यादवको लिला, आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

 इसीमाना सम्वाददाता     २०८० बैशाख १० गते ११: ३७ मा प्रकाशित     307   पटक पढिएको

मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी यादवले आफनो गतिविधि संचालन गरेको भएपनि अन्तिममा आएर आयोगले स्पष्टीकरण सोधेर कर्म पुरा गर्न खोजेको हो ।

 

तथापी निर्वाचनलाई प्रभावित पार्न मुख्यमंत्री यादवले आचार संहिता बिपरित काम गरेको भन्दै आयोगले पत्रकाटेको छ ।


मुख्यमंत्री यादव मतदातालाई प्रभावित पार्न र निर्वाचनको स्वच्छतालाई प्रतिकुल बनाउन बिना इजाजत मतदान भइरहेको पचरौता नगरपालिका क्षेत्रमा कन जानु भएको हो भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।


उनलाई ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ? भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.