logo

पत्रकार महासंघको सुद्धिकरण अभियान,स्वेच्छाले सदस्यता परित्यागको घोषणा,महासंघले गर्यो सम्मान

 इसीमाना सम्वाददाता     २०८० बैशाख २३ गते ०६: ३७ मा प्रकाशित     328   पटक पढिएको

जनकपुरधाम। बिभिन्न कारणले पत्रकारितामा सक्रिय नरहेका पत्रकारहरुले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानलाई स्वागत गर्दै महासंघको सदस्यता परित्याग गर्ने क्रम शुरु भएको छ ।

 


नेपाल पत्रकार महासंघ धनुषा शाखाका साधारण सदस्य आलोक ठाकुरले महासंघको शुद्धीकरण अभियानलाई सहयोग गर्दै आफनो सदस्यता परित्याग गरेका छन् ।

ठाकुरले शनिबार पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झालाई आफूले सदस्यता परित्याग गरेको पत्र बुझाएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ लोहना बस्ने ठाकुरले आफू पत्रकार महासंघ धनुषा शाखाको साधारण सदस्य रहेपनि विगत लामो समयदेखि पत्रकारीता पेशामा क्रियाशिल नभएकोले महासंघको सदयस्ता शुद्धीकरण अभियानलाई सफल बनाउन सहयोग गर्दै आजकै मितिदेखि लागूहुने गरी सदस्यता परित्याग गरेको पत्रमा उल्लेख गरेका छन् । सदस्यता परित्याग गरेका ठाकुरलाई महासंघले सम्मान सहित बिदाई गरेको छ ।

 

अझै थुप्रै दोहोरो भूमिकामा रहेकाहरूलाई स्वयं इमान्दारिताका साथ मार्ग प्रसस्त गरिदिन धनुषा अध्यक्ष झाले आग्रह गरेकी छन् ।

 

अध्यक्ष झाले सरकारी जागिरमा रहेका, विभिन्न संघसंस्थामा आबद्ध भएका, राजनीतिक दलको कार्यकर्ता भएर बसेकाहरूलाई महासंघको यस शुद्धीकरण अभियानलाई सहयोग गर्न आग्रहसमेत गरेकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.