logo

पर्सा एमाले कारवाही प्रकरण , ढंग बिनाको कारवाही बदर, पूर्ववत जिम्मेवारीमा रही काम गर्न निर्देशन

 इसीमाना सम्वाददाता     २०८० बैशाख २४ गते ०९: ३८ मा प्रकाशित     510   पटक पढिएको

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साले ०७९ मंसीर ४ को चुनावमा पार्टीका उम्मेदवार बिरुद्ध अन्र्तघात गरेको भन्दै गरिएको कारवाहीलाई पार्टीको केन्द्रीय कमिटीले बदर गरेको छ ।

 


पार्टीका महासचिव शंकर पोख्रेलले आइतवार नेकपा एमालेको मधेश प्रदेश कमिटीलाई पत्र लेखि कारवाही बदर भएको र त्यसलाई कार्यान्वयन गर्नकालागि निर्देश गरेका छन ।

२०७९ चैत्र ७ गते पार्टी पर्सा जिल्ला कमिटीले तत्कालीन जिल्ला कमिटीका सचिव मनोज गुप्ता, जिल्ला सदस्यहरु यसवन्त यादव, बासुदेव थारु ,रामप्रित महतो र मौजीलाल साहलाई कारवाही गरेको थियो ।

 

पार्टीले तीन महिनाकालागि निलम्बन गरेको थियो । तर पार्टी केन्द्रीय कमिटीले पार्टी पर्सा जिल्ला कमिटीले गरेको कारवाही पार्टीको स्थापित बिधि र प्रक्रिया बिपरित रहेको ठहर गर्दै बदर गरेको हो । उनीहरुलाई पाटीका जिम्मेवारी एवं पार्टी सदस्यताबाट निलमबन गरिएको थियो ।


पार्टीबाट निलम्बन गरिएको सन्दर्भमा सम्बन्धित प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीका सचिव, प्रदेशसभा निर्वाचन समन्वय कमिटीका संयोजक र ६ वटा पालिका कमिटीका अध्यक्षहरूले सम्बन्धित तहको निर्वाचनको समीक्षा नगरी तथा सम्बन्धित तहको कमिटीको जानकारी बिना जिल्ला अध्यक्ष जय प्रकाश थारूको सिफारिसमा गरिएको कारबाही विधिसम्मत नरहेको भन्दै कारबाही बदर भएको पत्रमा उल्लेख छ ।

 

गुप्तासहितका कार्यकर्ताहरुलाई जिम्मेवारी अनुसार पार्टी काममा सक्रिय हुन र अभियोग तथा कारबाहीको सिफारिसका सन्दर्भमा देखिएको विवादका बारेमा आवश्यक छानविनका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ ।

 

कारवाही बदर गरि पूर्ववत जिम्मेवारीमा काममा लगाउन पार्टी केन्द्रले निर्देशन दिएको छ । तर अधिवेशनबाट निर्माण भएको जिल्ला कमिटी भंग भएको अवस्थामा जिम्मेवारी कसरी पप्त गर्ने भन्ने बिषय भने अन्यौलपूर्ण नै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.