logo

महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै,सरुवाको बिपक्षमा महासंघले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० बैशाख २६ गते ०८: २३ मा प्रकाशित     702   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै गएको छ । महानगरपालिकाले केही बिद्यालयका प्रधानाध्यापकहरुलाई सरुवा गरेको बिषयलाई लिएर महानगर र नेपाल शिक्षक महासंघका वीच द्वण्द्व बढेको हो ।

 

महानगरपालिकाले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै बिद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको जनाएको छ । महानगरप्रमु राजेशमान सिंहले बिद्यालयमा राम्रो सुधार गरेका शिक्षकहरुलाई अर्को बिद्यालय राम्रो बनाउनकालागि सरुवा गरिएको दावी गरेका छन । यसलाई सकारात्मक रुपमा लिएर काम गर्न उनले अपिल मात्र गरेका छैनन आवश्क स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन ।


शिक्षा सुधारकालागि गरिएको सरुवा नमान्नेहरुलाई बिद्यमान कानूनको आधारमा कारवाहीको बाटो अख्तियार गर्ने मेयर सिंहको कडा चेतावनी छ ।

May be an image of 1 person and studying
महानगरले शिक्षा क्षेत्रमा ७ करोडको पूर्वाधार निर्माणको घोषणा पनि गरेको छ । तर शिक्षकहरुले सरुवालाई राम्रो ठानेका छैनन ।

 

उनीहरुले राजनीतिक आग्रहका कारण आफूहरुको सरुवा भएको बुझेका छन । नेपाल शिक्षक महासंघको वीरगंजमा मंगलवार सम्पन्न बिस्तारित बैठकले सरुवा नमान्ने निष्कर्ष निकालेको छ ।


महासंघले महानगरले सृजनात्मक काम गर्नुको सट्टा उसका गतिविधिबाटै शैक्षीक अवस्था अधोगतीतर्फ गएको आरोप लगाएका छ । महासंघले मंगलवारै शैक्षीक महाशाखा मार्फत महानगरप्रमुखलाई एक ज्ञापन पत्र बुझाउदै प्रचलीत संघीय शिक्षा ऐनका प्रवबन्धको खिलाफ हुने गरि कुनै पनि शिक्षक र बिद्यालय कर्मचारीलाई सरुवा नगर्न माँग गरेको छ ।

 

पूर्वाग्रह प्रेरित , शिक्षकको सम्मानमा ठेस पुग्ने गरि सरुवा नगर्न महासंघले माँग गरेको छ । बिद्यालयमा बिषयगत शिक्षकको ब्यवस्था लगायत १० बूदे ज्ञापन पत्र बुझाउदै महासंघले प्राधानाध्पाकलाई पारितोषिकको ब्यवस्था समेत गर्नु पर्ने उल्लेख गरेको छ ।


महानगरले वीरगंजमा चारवटा बिद्यालयबाट अग्रेजी माध्यममा अध्ययापन शुरु गरेको छ । अग्रेजी माध्यममा अध्ययन गर्ने छात्रा छात्राले कुनै अतिरिक्त शुल्क तिर्न नपर्ने गरि ब्यवस्स्था मिलाईएको महानगरप्रमुख सिंहको भनाई छ ।

 

पहिला अग्रजी शिक्षणका नाममा शुल्क लिने गरिएको थियो त्यसलाई बन्द गरिएको छ प्रमुख सिंहले भने यो सुधारको प्रारम्भ हो सुधार अभियानमा शिक्षक संघ संगठन संचारजगत र नागरिक समाजाको सहयोगको चाहिएको छ ।


शिक्षक महासंघले भने महानगरको सरुवालाई नमान्न आफना सदस्यहरुलाई निर्देशन दिएको छ । महासंघका अध्यक्ष तिर्थराज यादवले शिक्षकको हक हितकोलागि आफू जुन सकै अवस्थामा लडिरहने बताएका छन ।

May be an image of 2 people and people studying

उनले सरुवामा काखा पाखा गरिएको दावी गरे । बिद्यालय राम्रो बनाएको प्रधानाध्यापकलाई अर्को बिद्यालय राम्रो बनाउन सरुवा गरिएको हो भन्ने तर्क मान्ने हो भने सरुवा भएका मध्य नराम्रो चाही को हो उनले प्रतिप्रश्न गरे ।

 

राम्रो गर्नेलाई सरुवा गरिएको हो भने त्याहा नराम्रो गर्नेलाई ल्याइएको हो भन्ने अर्थ लाग्छ उनले भने सरुवाको पनि यस्तो कारण हुन्छ र ? सरुवा गरिएका शिक्षकहरुका बिषयमा कुनै समस्या छैन तर निहित स्वार्थ पूर्तीकालागि सरुवा भएकोले महासंघ शिक्षकहरुको पक्ष रहेको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.