logo

महासंघको सुद्धिकरण अभियान कारगर बन्दै, नवलपरासीमा १६ जनाद्वारा स्वेचिछक त्याग, गुल्मी शाखामा अव २६ जना मात्रै

 इसीमाना सम्वाददाता     २०८० जेठ ७ गते ०२: १० मा प्रकाशित     518   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ नवलपरासीले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको छ।

पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको थियो।

महासंघको सोही अभियान अन्तर्गत नवलपरासी शाखाबाट सदस्यता लिएका तर हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिएको थियो। नवलपरासी शाखाबाट सदस्यता लिएका १७ जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए।

सदस्यता त्याग गरेका तिनै सदस्यहरूलाई महासंघले सम्मानसहित विदाई गरेको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए।

अध्यक्ष शर्माले महासंघको सदस्यता शुद्धिकरण अभियान अन्तरगत हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेसालाई मूल पेसा बनाएका १५ जनाले लिखित निवेदन दिएर स्वघोषणा गरेको र अन्य २ जनाले मौखिक रूपमा स्वघोषणा गरेको जानकारी दिए।

सदस्यता त्याग गर्नेहरूलाई सम्मानसहित बिदाई गर्दै महासंघका महासचिव एवं सदस्यता शुद्धिकरण अभियानका संयोजक रोशन पुरीले महासंघलाई व्यवसायिक पत्रकारहरूको मात्र संगठन बनाउन अभियान सञ्चालन गरिएको बताए।

May be an image of 5 people, barong and text

उनले मुल पेसा पत्रकारिता नभएकाहरू पनि सदस्य भइराख्दा संस्थाको गरिमामाथि नै प्रश्न उठिरहेका बेला सदस्यता त्यागको स्वघोषणा गर्नेहरूको अभियानले पत्रकारिता क्षेत्रलाई थप विश्वसनिय बनाउन सघाउ पुग्ने बताए।


जिल्ला शाखाहरू मार्फत सञ्चालन भइरहेको यो अभियानमा धेरै सदस्यहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेर सहयोग गरिरहेको उनको भनाइ छ।

महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले लुम्बिनी प्रदेशबाट ५० प्रतिशतभन्दा बढी सदस्यहरू शुद्धीकरणको मापदण्डमा नपर्ने र उनीहरूको सदस्यता नवीकरण नहुने बताए।

जिल्ला शाखा नवलपरासीका सचिव राजकुमार रेश्मीका अनुसार शाखामा ८६ जना सदस्यहरू आवद्ध रहेकोमा शुद्धिकरण मापदण्डभित्र ४० जनाको मात्र नविकरण हुने अवस्था रहेको बताए।


महासंघले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुनसुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ।

May be an image of 5 people, people standing, barong and text

त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिलेकाहिँ मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ।

यसैवीच नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदस्यता शुद्धीकरण अन्तिम चरणमा पुर्‍याएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै पूर्वअध्यक्ष जनार्दन घिमिरे संयोजक रहने गरि निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरि कार्यदल गठन गरिएको थियो ।

पत्रकारितामा योगदान गर्ने सदस्यहरुलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिनेछ ।हाल ८५ जना सदस्य रहेको गुल्मी शाखामा कार्यदलले क्रियाशील पत्रकारको सदस्यता मात्र कायम राख्ने निर्णयसहितको सिफारिस प्रतिवेदन कार्यदलले तयार गरेको छ । जस अनुसार गुल्मी शाखामा मात्र २६ जना सदस्य रहनेछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.