logo

शिक्षकहरुद्वारा कक्षा बहिष्कार, शिक्षा पाउनबाट बिद्यार्थी बन्चित स्थानीय तहहरु भएनन गम्भिर

 इसीमाना सम्वाददाता     २०८० जेठ १० गते ०८: ०० मा प्रकाशित     610   पटक पढिएको

वीरगन्ज । स्थानीय तहले गरेको सरुवा र नियुक्तिको बिरुद्धमा आन्दोलनमा उत्रिएका शिक्षकहरुले बुधवार अन्तिम दुई घण्टी कक्षा बहिष्कार गरेका छन ।

 

उनीहरुले छैठौं र सातैं घण्टी बहिष्कार गरेका हुन । दोश्रो चरणको आन्दोलनको घोषणा अनुसार उनीहरुले कक्षा बहिरष्कार गरेका हुन । बिहिवार उनीहरुmले तीन घण्टी अर्थात टिफीन पछिका कक्षा बहिष्कार गर्ने तय गरेका छन ।

स्थानीय तहले नियम विपरित शिक्षकहरुको सरुवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु जेठ ७ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

 

७ गते हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेको शिक्षकहरुले जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए ।

तर, स्थानीय सरकारले कुनै सुनुवाई नगरेपछि थप संघर्षका कार्यक्रम गर्नुपरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिए । बुधवार सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गरेका शिक्षकहरुले ।

 

जेष्ठ ११ गते टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने भएका छन ।जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन ।

संघीय शिक्षा ऐन, जारी नभएको अवस्थामा शिक्षा ऐन, २०२८ र नियमावली २०५९ को व्यावस्था अनुसार नियुक्ति भएका शिक्षकहरुलाई स्थानीय तहरुले अधिकार क्षेत्रभन्दा नियम विपरित राजनीतिक आग्रह, पूर्वाग्रह राखेर सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई मनमौजी सरुवा गर्ने, घटुवा गर्ने र मानसिक यादना दिने समेतको काम गरेको भन्दै पहिले समस्या समाधान गर्न ज्ञापनपत्र बुझाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.