logo

पत्रकारलाई पेन्शन बितरणकालागि कार्यविधि बन्ने, बिज्ञापनको रेट निर्धारणकालागि कार्यदल गठन

 इसीमाना सम्वाददाता     २०८० असार १३ गते ०५: ५१ मा प्रकाशित     804   पटक पढिएको

वीरगञ्ज । वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ ।

 


आम सञ्चार ऐन २०७८ तथा बीरगंज महानगरपालिकाको १२ औं नगर सभाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्ने नीति अवलम्बन गरेसँगै कार्यविधि तयारका लागि समितिका सदस्य रामनारायण कुर्मी, नवराज फुयांल, आविद हुसेन, माधुरी महतो र कानुन अधिकृत ईश्वर बराल रहने गरी ५ सदस्यीय कार्यदल गठन गरेको समितिका संयोजक धुव अधिकारीले जानकारी दिए ।

 


त्यसैगरी समितिको वैठकले वीरगंज महानगरपालिकाको टेण्डर, विज्ञापन लगायत अन्य सुचना राष्ट्रिय तथा स्थानिय माध्यमहरुबाट प्रकाशन तथा प्रशारण गराउन दर रेटमा विविधता पाईएको हुँदा त्यसलाई एकरुपतामा ल्याउन दर रेट निर्धारण कार्यदल समेत गठन गरेको छ ।

 

समितिका मनोज पटेल, मुस्कान श्रेष्ठ र अमित अग्रवाल सदस्य रहेको कार्यदलले एक साता भित्र प्रतिवेदन पेश गर्ने निर्णय वैठकले गरेको संयोजक अधिकारीले बताए ।

 

त्यसैगरी वैठकले लोक कल्याणकारी विज्ञापन वापतको अन्तिम किस्ताको विल लगायत आवश्यक कागजात ५ दिन भित्र सुचना शाखामा पेश गर्न वीरगंजका सम्पूर्ण आम सञ्चार माध्यमलाई आग्रह गरेको छ ।


आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समिति वीरगंज महानगरपालिकाका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकमा नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वरिष्ठ पत्रकार एवं समितिका सदस्य रामनारायण कुर्मी, समितिका सदस्यहरु अमित अग्रवाल, आविद हुसेन, मनोज पटेल, मुस्कान श्रेष्ठ, माधुरी महतो, वीरगंज महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार, सूचना तथा प्रशारण शाखा प्रमुख शम्भु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.