logo

बिरोधीले भ्रम फैलाउछन जनताले एमालेको योगदान स्मरण गर्दै पहिलो पार्टी बनाउछनः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार १९ गते ०५: ५९ मा प्रकाशित     569   पटक पढिएको

वीरगन्ज। नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन आउदो असोजको २२ र २३ गते हुने भएको छ । नेकपा एमालेको मंगलवार मनमोहननगर वीरगंज स्थित पार्टी कार्यालयमा भएको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

 

नेकपा एमाले पर्साको गत वर्षको पुषमा भएको आठौ जिल्ला अधिवेशनले निर्माण गरेको जिल्ला कमिटीले पार्टी संचालनको काममा प्रभावकारी काम गर्न नसकेपछि पार्टीले पर्साको नेतृत्वमा डा. बिश्वम्भर शर्मालाई चयन गरेको थियो ।


डा. शर्माको अध्यक्षतामा र पार्टीका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्ला अधिवेशनको तिथि तय गर्नुका साथै सबै कमिटी र जनसंगठनका सम्मेलनहरु समेत गर्ने निर्णय गरेको छ ।


बैठकलाई सम्बोधन गर्दै सचिव भट्टराईले पार्टीसंगै टोल टोलमा जनवर्गिय संगठनहरुको पनि कमिटी बिस्तार गर्न निर्देशन दिए । उनले आउँदो समयमा स्थानयि, प्रदेश र संघको निर्वाचनमा तल्लो कमिटीको सिफारीसलाई प्राथमिकतामा राखेर पार्टीले निर्णय गर्ने जनकारी दिए ।

 

उनले मधेश प्रदेशमा बिभिन्न माध्यमबाट नेकपा एमाले पार्टीको कार्यकार्तालाई डराउने र पार्टी प्रति भ्रम फैलाउने कार्य भएतापनि एमाले मधेश प्रदेशको सबभन्दा ठुलो पार्टी बनेको बताए ।

 

उनले भने बिरोधीहरुले भ्रम छर्दैगर्छन तर जनताले एमालेको योगदानलाई स्मरण गर्दै पहिलो पार्टी बनाउछन । उनले देश बिकाश गर्ने पार्टी नै एमाले रहेकोले एमालेलाई मजबुत बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमालेका पर्सा इन्चार्ज एवं पोलिटब्यूरो सदस्यअच्युत मैनाली, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, अरबिन्द सिंह ,निर्मला देवकोटा प्रदेश कमिटी सदस्य बिचारी यादव, शिव पटेल, जयप्रकाश थारु, जालीम मिया ,नराज शर्मा जिल्ला सचिव मनोज गुप्ता, ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साह, नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव शिवजी गुप्ता लगायतको उपस्थितिा रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.