logo

बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता गरः महासंघ

 इसीमाना सम्वाददाता     २०८० सावन ५ गते ०९: ५२ मा प्रकाशित     724   पटक पढिएको

काठमाण्डौ । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

 

सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गरेका छन्।

 

यस्तै महासंघले अध्यक्ष बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन गृहप्रशासन समक्ष माग गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरेको छ ।

 


अध्यक्ष बस्नेतले लेखेको स्टाटसले गृहमंत्री श्रेष्ठको अपमान होइन सावल गरेको छ । मामर्दन होइन जवाफदेही हुन आग्रह गरेको छ । तर गृहमंत्रीको सचिवालयले साइबर अपराधमा मुद्धा हालेर पत्रकारलाई लेख्न र बोल्न निषेध गर्ने कोशीस गरेको छ । गृहमंत्रीको यो स्तरको कामको देशब्यापी बिरोध भइरहेको छ ।

 

समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलनले पनि एक बिज्ञप्ति जारी गरि गृहमंत्रीको बचाउ गर्दागर्दै पनि सरकारको यो कामले शासन सत्तामा बसेकाहरुले आलोचना नै पचाउन नसक्ने राजनीतिक संस्कारको बिकास गर्न त खाजेका होइनन भन्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत बिरुद्धको उजुरीको बिरोध गरेका छन ।

 

त्यसैगरि नेपाल प्रेस युनियननका महासचिव दिलीप पौडेलले एक बिज्ञीप्त जारी गरि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई सामाजिक संजालमा ब्यक्त बिचारकै आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोमा दिइएको उजुरीको प्रति युनियनको ध्यानाकर्षण भएको जनाएको छ ।

 

सार्वजनीक ओहदामा बसेका ब्यक्ति माथि गरिएको सवाल वा टिप्पणीका आधारमा उजुरी हाल्नु लोकतान्त्रिक ब्यवस्थालागि सुहाउदो बिषय नभएको बिज्ञप्तिमा उल्लेख छ ।

 

आलोचना सहन नसक्नु अभिब्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको युनियनले ठहर गरेको छ । अभिब्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा गलत सूचना प्रवाह भएको भए त्यसलाई असत्य प्रमाणीत गर्ने राज्यको काम भएको युनियनले भनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.