logo

बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता गरः महासंघ

 इसीमाना सम्वाददाता     २०८० सावन ५ गते ०९: ५२ मा प्रकाशित     613   पटक पढिएको

काठमाण्डौ । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

 

सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गरेका छन्।

 

यस्तै महासंघले अध्यक्ष बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन गृहप्रशासन समक्ष माग गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरेको छ ।

 


अध्यक्ष बस्नेतले लेखेको स्टाटसले गृहमंत्री श्रेष्ठको अपमान होइन सावल गरेको छ । मामर्दन होइन जवाफदेही हुन आग्रह गरेको छ । तर गृहमंत्रीको सचिवालयले साइबर अपराधमा मुद्धा हालेर पत्रकारलाई लेख्न र बोल्न निषेध गर्ने कोशीस गरेको छ । गृहमंत्रीको यो स्तरको कामको देशब्यापी बिरोध भइरहेको छ ।

 

समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलनले पनि एक बिज्ञप्ति जारी गरि गृहमंत्रीको बचाउ गर्दागर्दै पनि सरकारको यो कामले शासन सत्तामा बसेकाहरुले आलोचना नै पचाउन नसक्ने राजनीतिक संस्कारको बिकास गर्न त खाजेका होइनन भन्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत बिरुद्धको उजुरीको बिरोध गरेका छन ।

 

त्यसैगरि नेपाल प्रेस युनियननका महासचिव दिलीप पौडेलले एक बिज्ञीप्त जारी गरि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई सामाजिक संजालमा ब्यक्त बिचारकै आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोमा दिइएको उजुरीको प्रति युनियनको ध्यानाकर्षण भएको जनाएको छ ।

 

सार्वजनीक ओहदामा बसेका ब्यक्ति माथि गरिएको सवाल वा टिप्पणीका आधारमा उजुरी हाल्नु लोकतान्त्रिक ब्यवस्थालागि सुहाउदो बिषय नभएको बिज्ञप्तिमा उल्लेख छ ।

 

आलोचना सहन नसक्नु अभिब्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको युनियनले ठहर गरेको छ । अभिब्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा गलत सूचना प्रवाह भएको भए त्यसलाई असत्य प्रमाणीत गर्ने राज्यको काम भएको युनियनले भनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.