logo

प्रहरी ज्यादती विरुद्ध बारामा आन्दोलन चर्किंदो, विरोध प्रदर्शनमा हजारौं सहभागी

 लक्ष्मी खरेल     २०८० सावन ६ गते ०२: ०९ मा प्रकाशित     558   पटक पढिएको

कलैया । प्रहरी ज्यादती विरुद्ध बाराको कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् ।

 

प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेर अमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो ।


यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादव उपर भएको प्रहरी दमनको बिरोधमा जारी आन्दोलनको तेश्रो दिन शुक्रबार जनमत पार्टी र नागरिक उन्मुति पार्टीले समेत ऐक्यवद्धता जनाउदै आन्दोलनमा सहभागिता जनाएका थिए ।


रामजानकी मन्दिरबाट निकालिएको बिरोध जुलुशले प्रहरी प्रशासनको बिरोधमा चर्को नाराबाजीका साथ नगरको बिभिन्न भागमा परिक्रमा गरेको थियो । उनीहरुले कलैयाको मुख्य चोक भरत चोकमा टायर बाली प्रर्दशन गर्दै केहीबेर सडकमा बसेर सडक जाम गरेका थिए ।


प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेय र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वनको माग गर्दै जारी आन्दोलनमा नेकपा एमाले बाहेकका सबै दलले ऐक्यवद्धता जनाएका छन् । शुक्रबार साँझ बसेको सर्वदलिय बैठकमा शनिबार देखि अन्दोलनलाई थप चर्काउने निर्णय भएको नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले बताए ।


कोणसभामा बोल्दै वक्ताहरुले कानुनी राज्यको उपहास गर्दै नागरिकको बोल्न पाउने अधिकार माथी दमन गर्नु, अनाहकमा कुटपिट गर्नुले प्रहरी मानव अधिकारको ठाडो उल्लंघनमा अग्रसर रहेको पुष्टि हुने बताए ।


तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणका लागि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले कुटेर घाइते बनाए पछि प्रहरीको निरंकुशता छताछुल्ल भएको हो । सौहार्दपूर्ण छलफलका विच सब नेता दलाल हुन्, यिनलाई घिसारेर मर्नेगरी पिट्नुपर्छ भन्दै कड्किएका इन्सपेक्टर रुपेश साहको भनाईमा असहमती जनाउँदा आफुले राणाकालिन दमनको सामना गर्नु परेको यादवले बताए ।


यादवले सबै नेता दलाल हुन्नन् इन्सपेक्टर साब भने लगत्तै डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले यो नेता बनेर हामलाई सिकाउने को हो ? थुन सालेलाई कुट् भनेर झोक्कींदै आदेश दिए पछि अति अशिष्ट व्यवहारका साथ इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए । कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ भने एमआरआईको विहिबारको रिपोर्ट पछी उपचारका लागि चिकित्सकले दिल्ली जान भनेको यादवले बताए ।


हाल उनको उपचार वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेसालिटी अस्पतालमा भइरहेको छ । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका–७ बेनौली निवासी हुन् ।

 

तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । एलएस न्युरो अस्पताल विरगञ्जमा उपचाररत पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा सहजिकरण गर्न भैयाराम त्यहाँ पुगेका थिए ।


छानविन समिति गठन, दोषी देखिए कार्वाही हुन्छ–प्रहरी उपरिक्षक


जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले आफ्नो अनुपस्थितिमा सो घटना भएको बताउँदै घटनामा प्रहरी पक्षबाट कमजोरी भएको स्विकारेका छन् । घटनाको छानविनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यिय समिति गठन गरेर छानविन शुरु गरेको उनले बताए ।


छानविनमा दोषी देखिए उनीहरुमाथि कार्वाही गरिने बताउँदै उनले तत्कालका लागि कार्यवाही स्वरुप डिएसपी पाण्डेय र प्रहरी निरिक्षक साहलाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको जानकारी दिए ।

यसैविच दोषी प्रहरीद्धयको निलम्बनको माग सहित प्रहरीमा मुद्धा दर्ता गरिएको छ । महागढीमाई नगरपालिकाका राजनैतिक सल्लाहाकार समेत रहेका यादब उपर कुटपिटको बिरोध गर्दै महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले मुद्धा दर्ताका लागि निबेदन दिएका हुन् ।

प्रहरीले दुवैलाई आन्तरिक छानविन र सरुवा गरेपनि निलम्बन नगरेसम्म आन्दोलन जारी राख्ने नगरप्रमुख यादव लगाएतका नेताहरुले बताएका छन् ।


तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.