logo

बिचारधारात्मक रुपमा संगठीत हुन जसपा अध्यक्ष यादवको अपिल

 इसीमाना सम्वाददाता     २०८० सावन १६ गते ०९: २० मा प्रकाशित     1504   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी नेपाल ठोरी गाउँपालिका समितिको बैठक सम्पन्न भएको छ ।

 

बैठकमा पालिकाको बिकास निर्माणका बिषयमा गहन छलफल गरेको छ । संगठन निर्माण र परिचालनमा बिशेष ध्यान दिन पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले कार्यकर्तालाई अपिल गरे ।

 

उनले बिचारधारत्मक रुपमा संगठीत हुने र आन्दोलनको पक्षमा लाग्ने कुरा मात्र दिगो हुने बताए । उनले जनता समाजवादी पार्टी पहिचानको बैचारिक आन्दोलनमा लागेको चर्चा गर्दै पैसाका आधारमा संगठन बन्ने बनाउने प्रवृतिको बिपक्षमा खडा हुन कार्यकर्तालाई अपिल गरे ।

 

बैठकमा पार्टीका जिल्ला सचिव तबरेज अहमदले संगठनको निर्माण र मजवुतीले मात्र जनसेवाको काम गर्न सकिने बताए । उनले आउने दिनमा ठोरीमा जसपाले जित्ने आधार निर्माण गर्ने गरि काम गर्न पार्टीपंक्तिलाई अपिल गरे ।

 

बैठकमा पार्टीका जिलला कार्यकारिणी समिति सदस्य सुरज मानन्धर, पर्सागढी नपा वडा न ४ का सदस्य राजकुमार गुरुङ लगायतको सहभागीता रहेको थियो ।

 

बैठकले वडा नं –१ देखि –५ वडामा प्रत्येक वडामा ३ जना रहने गरि वडा समिति पुर्नगठन गर्नकालागि वडा परिचालन समिति गठ्न गर्ने निर्णय गरिएको छ । बैठक गाउँपालिका समिति अध्यक्ष ओम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.