logo

बिचारधारात्मक रुपमा संगठीत हुन जसपा अध्यक्ष यादवको अपिल

 इसीमाना सम्वाददाता     २०८० सावन १६ गते ०९: २० मा प्रकाशित     1340   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी नेपाल ठोरी गाउँपालिका समितिको बैठक सम्पन्न भएको छ ।

 

बैठकमा पालिकाको बिकास निर्माणका बिषयमा गहन छलफल गरेको छ । संगठन निर्माण र परिचालनमा बिशेष ध्यान दिन पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले कार्यकर्तालाई अपिल गरे ।

 

उनले बिचारधारत्मक रुपमा संगठीत हुने र आन्दोलनको पक्षमा लाग्ने कुरा मात्र दिगो हुने बताए । उनले जनता समाजवादी पार्टी पहिचानको बैचारिक आन्दोलनमा लागेको चर्चा गर्दै पैसाका आधारमा संगठन बन्ने बनाउने प्रवृतिको बिपक्षमा खडा हुन कार्यकर्तालाई अपिल गरे ।

 

बैठकमा पार्टीका जिल्ला सचिव तबरेज अहमदले संगठनको निर्माण र मजवुतीले मात्र जनसेवाको काम गर्न सकिने बताए । उनले आउने दिनमा ठोरीमा जसपाले जित्ने आधार निर्माण गर्ने गरि काम गर्न पार्टीपंक्तिलाई अपिल गरे ।

 

बैठकमा पार्टीका जिलला कार्यकारिणी समिति सदस्य सुरज मानन्धर, पर्सागढी नपा वडा न ४ का सदस्य राजकुमार गुरुङ लगायतको सहभागीता रहेको थियो ।

 

बैठकले वडा नं –१ देखि –५ वडामा प्रत्येक वडामा ३ जना रहने गरि वडा समिति पुर्नगठन गर्नकालागि वडा परिचालन समिति गठ्न गर्ने निर्णय गरिएको छ । बैठक गाउँपालिका समिति अध्यक्ष ओम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.