logo

मुस्लिम साुदायकालागि जनता समाजवादी पार्टी निर्विकल्प छः केन्द्रीय अध्यक्ष देवान

 इसीमाना सम्वाददाता     २०८० सावन २० गते ०८: ५८ मा प्रकाशित     1149   पटक पढिएको

बीरगंज । समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले जनता समाजवादी पार्टी मुस्लिम समुदायको हितकोलागि निर्विकल्प पार्टी भएको बताएका छन।

 

संघ पर्सा जिल्ला समितिको पूर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै देवानले यस्तो बताएका हुन । देवानले राज्य र पार्टी भित्र मुस्लिम समुदायलाई पूर्ण रुपम ासमानुपातिक र समावेशी प्रतिनिधित्व जसपाले गराउने गरेको उनले बताए ।


जिल्ला समिति पूर्नगठन कार्यक्रमले सलिम मिया अन्सारीको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी मुस्लिम संघ पर्सा गठन गरेको जनता समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदले जानकारी दिए ।

संघको उपाध्यक्षमा कलाम मन्सुरि, सदाम हुसेन, सचिव तबरेज खान, उपसचिव मकसुद मिया, कोषाध्यक्ष हुसन नेहरा खातुन र सदस्यहरु अख्तर मिया, शेख कमरुललाई चयन गरेको छ ।

 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष रामनरेश यादवले भातृ संगठनहरु पार्टीको मेरुदण्ड भएको बताए । उनले कार्यसमितिलाई बधाई दिदै पार्टीको मेरुदण्डलाई बलियो र सश्क्त बनाउने अभियानमा मुस्लिम संघलाई लाग्न आग्रह गरे ।

 

यादवले पहिलो चरणमा समाजवादी मुस्लिम संघ पर्सालाई गठन गरेको अन्य भातृसंगठनहरुको निर्माण गर्दै जाने बताए ।

 

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार खलिल मिया, जसपा उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट महतो, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हसमुदिन देवान, सखुवाप्रसौनी अध्यक्ष प्रदीप जयसवाल, छिपहरमाइ अध्यक्ष इग्रासन सा कलवार, प्रदेश सदस्य दिपक यादव, कार्यकारीणि समिति सदस्य शेष खुर्सेद, जसपा जिल्ला सदस्य मुमताज देवान समाजवादी बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाजबाबू राकी, जिल्ला सदस्य आबिद हुसेन, विद्यार्थी नेता गोविन्द लगायत सयौंको संख्या मुस्लिम नेता तथा कार्यक्रताहरुको उपास्तिथि रहेको थियो

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.