काठमाडौं । नेकपा एकीकृत समाजवादीसम्बद्ध नाडेप कर्मचारी संगठन (बैंक, बीमा, वित्तीय क्षेत्र) कर्मचारी सङ्घ नेपाल नेकपा एमालेको पेसागत महासंघ नेपालमा समाहित भएको छ ।
नेकपा एसको राष्ट्रिय परिषद् र उपत्यका विशेष कमिटीका सदस्य समेत रहेका रामकुमार महतले सिङ्गो कमिटी नै एमालेको पेसागत महासंघसँग समाहित गराएका हुन् ।
पार्टी परित्याग गरी संगठनसहित एमालेमा समाहित हुनुभएकाहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूले पार्टीमा स्वागत गरेको पेशागत महासंघका उपाध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया