logo

साना लगानीका संचारमाध्यमको प्रर्वद्धनको बिषय सत्तामा गएपछि बिर्सन हुदैनः सासद श्रेष्ठ

 इसीमाना सम्वाददाता     २०८० भदौ २३ गते १०: २९ मा प्रकाशित     595   पटक पढिएको

वीरगंज । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठले राष्ट्रिय साहारा दैनिकका सह सम्पादक स्व.नरेश सर्राफको योगदानलाई जीवन्त राख्न आफ्नो एक महिना बराबरको तलब दिने घोषणा गरेका छन ।

 

राष्ट्रिय सहारा दैनिक पत्रिकाको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित “साना लगानीका संचार माध्यमको प्रवर्द्धनमा स्थानीय सरकारको झूमिका” विषयक अन्तरक्रिया कार्यत्रममा प्रमूख अतिथिको आसनबाट प्रतिनिधिसभा सदस्य समेत रहेका श्रेष्ठले यस्तो घोषणा गरेका हुन । उनले साना लगानीको संचारमाध्यम एवं मोफसलका पत्रकारहरूको प्रवर्द्धनकालागि सरकार गम्भीर हुनु पर्ने बताए । नेता श्रेष्ठले नेपालको समृद्धिकोलागि मधेशको विकास र समृद्धि हुन जरुरी रहेको बताए ।

 

आफू मधेशी दाजुभाईको भोटबाट निर्वाचित भएकोले मधेश क्षेत्रको विकास एवं प्रवर्द्धनकालागि अग्र पंक्तिमा रहेर आवाज उठाइरहेको दाबी गर्दै संसद श्रेष्ठले कृषिकालागि सिंचाईमा पानी, बिउ विजन र मल खादको आपूर्तिकोलागि आफूले पहिलो प्राथमिकता हुनुपर्ने सदैव माग उठाइरहेको बताए। नेपालको हरेक राजनीतिक परिर्वतनमा स्थानीय संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको र सो योगदान सत्तामा गएपछि कसैले बिर्सिन नहुने पनि श्रेष्ठको भनाई रहेको थियो ।

 

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशसभा सदस्य जितेन्द्र सोनलले विगतमा भएका जुनसुकै संघर्ष एवं आन्दोलनमा स्थानीय स्तरका संचारमाध्यम एवं संचारकर्मीहरू राजनीतिक दलसँगै अग्रपंक्तिमा रहेर आन्दोलनलाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

 

सो कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले राजनीतिक परिवर्तनको ढाल पत्रकार एवं संचारमाध्यमलाई बनाउने तर सत्तामा पुगेपछि संचारमाध्यमलाई अवमूल्यन गर्ने काम सत्ता पक्षले गर्दै आइरहेको बताए । केन्द्रिय सचिव चौहानले स्थानीय सरकारले स्थानीय स्तरका संचारमाध्यममा दिनुपर्ने सूचना र विज्ञापन राजधानीका पत्रपत्रिकालाई कमिशनको भरमा दिने गरेको बताउनु भयो ।

 

त्यस्तै वीरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले स्थानीय स्तरमा हुने गरेको हरेक गतिविधिलाई संचारमाध्यमले निर्भिकतापूर्वक उठान गर्नुपर्ने कुरामा जोड दिए ।

 

राष्ट्रिय सहारा दैनिकका प्रकाशक एवं कार्यकारी सम्पादक चन्द्रभूषण साहको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा एमालेका पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका अमिताभ बच्चन दास, बहुदरामाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, समाजवादी पत्रकार संघठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सेस्मी इन्टरनेशनल स्कुलद्वारा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.