logo

लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार छुः अध्यक्ष अहमद

 इसीमाना सम्वाददाता     २०८० भदौ २७ गते १०: २५ मा प्रकाशित     1993   पटक पढिएको

वीरगन्ज, ।भूमि आयोग जिल्ला समिति पर्साका अध्यक्ष तरबरेज अहमदले सुकुम्वासीहरुको लागि लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार रहेको बताएका छन ।

राष्ट्रिय भूमि अधिकार मञ्चको तेश्रो जिल्ला अधिवेशनको पर्सागढी नगरपालिकाको वडनिहारमा उद्धघाटन गर्दै अहमदले यस्तो बताएका हुन ।

भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासको व्यावस्थाका लागि वन कार्यालयहरुले अनावश्यक बखेडा झिक्ने गरेपनि भूमिहिनहरको जग्गा प्राप्तीको लागि विचलित नभई काम अगाडि बढाउने अहमदले बताए ।

 

उनले नापी कार्यालय पनि लालपूर्जा वितरणमा बाधक बनेको बताउदै आफू नापी कार्यालयको बाधा र अवरोधलाई हटाउन क्रियाशिल रहेको बताए । उनले भने “भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासको लागि जुन सुकै तहको संघर्षकालागि म तयार छु ” ।

 


उनले पर्सागढीका भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुका लागि पर्सागढी नगरपालिकामा ३२ वटा लालपूर्जा पहिलो चरणमा वितरण गर्नुपर्ने भएकोले उक्त लालपूर्जा नपाएसम्म कुनैपनि राजनीतिक कार्यक्रममा आफू पर्सागढी नजाने पनि प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठकलेले भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गरेका नागरिकले जग्गाधनी पूर्जा नदिने हो भने भूमी आयोग देखाउने दाँत मात्र हुने बताए ।

 

उनले नगरपालिका हरेक किसिमको सहयोग उपलब्ध गराउन तयार छ तर आयोगले जग्गाधनी पूर्जा बितरण गर्नु पर्ने बताए । सुकुम्वासी नागरिकको हितमा बनेको आयेगलाई असफल बनाउनकालागि भएका जुनसुकै प्रयासका बिरुद्ध नगरपालिकामा पनि आयोगसंगै रहने बचन दिए ।

मञ्चका जिल्ला अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश अध्यक्ष मदन विश्वकर्मा, सचिव अनुप माझी, रौतहट अध्यक्ष चन्द्रमान थिङ्ग, पर्सागढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान थिङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.